उत्तर कोरियाले अर्को क्षेप्यास्त्र प्रहार गर्‍यो « Khabarhub

उत्तर कोरियाले अर्को क्षेप्यास्त्र प्रहार गर्‍यो


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नयाँ अश्त्र निर्माण र लगातारको क्षेप्यास्त्र प्रहारका कारण चर्चामा रहेको उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर करियाले एक हप्ताको अविधमा दुई पटक छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार शुक्रवार बिहान सबेरै देशको पूर्वी तटीय क्षेत्रमा ती परीक्षण गरिएका थिए। अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाको रूपमा परीक्षणहरूलाई लिइएको छ।

दक्षिण कोरियाको सेनाका जोइन्ट चीफ एप स्टाफ (जेसीएस) का अनुसार स्थानीय समय अनुसार विहान ०२:५९ र ०३:२३ मिनेटमा गरिएका ती प्रहार सी अफ जापानमा खसेको बीबीसीले जनाएको छ ।

फेडरेसन अफ अमेरिकन साइन्टिस्टस् सम्बद्ध अङ्कित पाण्डाका अनुसार यसअघि प्रयोग नभएको क्षेत्र अहिले क्षेप्यास्त्र परीक्षणस्थलको रूपमा देखिएको छ। ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्ला परीक्षणहरू छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताएका छन्।

बुधवार उत्तर कोरियाले परिक्षण गरेका दुईवटा क्षेप्यास्त्रले २५० किलोमिटर दूरी पार गरेको दक्षिणले बताएको थियो।

तर बिहीवार प्योङयाङले विस्तृत विवरण नदिएरै आफूले नयाँ क्षेप्यास्त्र प्रहार प्रणालीको परीक्षण गरेको जनाएको थियो। जुलाई २५ मा उत्तरले गरेका दुईवटा क्षेप्यास्त्र परीक्षणमध्ये एउटाले ६९० किलोमिटर दूरी पार गरेको थियो।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : ५९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस