रमिता पनि कति हेर्नु ! सामाजिक सञ्जालमा तस्वीर बन्यो भाइरल | Khabarhub Khabarhub

रमिता पनि कति हेर्नु ! सामाजिक सञ्जालमा तस्वीर बन्यो भाइरल


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । पोखर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमको उक्त तस्वीर भाइरल बनेको हो ।

कार्यक्रमको व्यानर टागिएको छ– ‘महिला उद्यमी भेला’ । गत शुक्रबार भएको कार्यक्रममा मञ्चमा आसिन व्यक्तित्वहरुले पछाडि टाँगिएको ब्यानरको खिल्ली उडाएका छन् ।

जहाँ एउटा पनि महिला देखिएकी छैनन्, तस्वीरमा देखिएका ८ जना मध्ये एक जनाले कार्यक्रम सञ्चालन गरिरहेका छन् अरु मञ्चमा आसिन ।

महिला उद्यमी भेलामा पुरुष सहभागी हुनुहुँदैन भन्ने होइन । तर एउटा पनि महिला नदेखिनु चाहि लाजमर्दो विषय नै हो । यही विषयलाई लिएर सामाजिक सञ्जालमा मञ्चमा आसिन व्यक्तित्वहरुको खिल्ली उडाइएको छ ।

कसैले रमिता पनि कति हेर्नु लेखेका छन् भने केहीले एक दिने सुत्केरी, मेयर आफै डोजर चलाउने यस्ता महिला उद्यमी यही पोखरामा हुँदा रहेछन् लेखेका छन् ।

त्यस्तै केहीले यी सवै महिला उद्यमीहरुलाई शुभकामनासम्म लेखेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : १५ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग