मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नम्बरको मोटरसाइकलले बिहीबार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक पनि घाइते भएका छन् । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ८ बस्ने २२ वर्षीय अभिषेक शर्मा घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते शर्माको अवस्था मध्यम रहेको र प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : २६ बजे

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख

गृहमन्त्री अर्यालसमक्ष यातायातसम्बन्धी आयोगको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा