सर्पदंशका कारण दुईको मृत्यु « Khabarhub

सर्पदंशका कारण दुईको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ । यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ । थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले डसेको स्थानीय घनश्याम रायले जानकारी दिए।

थापालाई सर्पले डसेलगत्तै सर्पदंश उपचार केन्द्र चारआली पुर्‍याए पनि उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । पछिल्लो समय झापामा सर्पदंशका बिरामी बढेका छन् । गर्मी बढेसँगै झापामा सर्पदंशका बिरामी बढेका हुन् । झापामा वर्षेनी झण्डै तीन हजार ५०० बढी सर्पदंशका बिरामीले जिल्लास्थित तीन सर्पदंश उपचार केन्द्रबाट सेवा लिएका छन् ।

केन्द्रका प्राविधिक खेमचन्द्र अधिकारीका अनुसार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक सातदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा वैशाख र जेठ मसान्तसम्ममा मात्र्र २०० का हाराहारीमा सर्प डसाइका बिरामीले उपचार सेवा लिएको उल्लेख गरिएको छ ।

विसं २०५५ मा स्थापित सो केन्द्रले सर्पको डसाइका कारण बढ्दो मृत्युदर रोक्न मोटरसाइकल स्वयंसेवक कार्यक्रमसमेत परिचालन गरिएको जनाएको छ । दमकमा जिल्लाका साथै मोरङ, दक्षिणी चुलाचुली इलाम र गौरीगञ्जसहित दक्षिण भारतका समेत बिरामी उपचार गर्न आउने गरेको केन्द्रका प्राविधिक गङ्गाराज उप्रेतीले बताउनुभयो । केन्द्रमा एक मेडिकल अफिसर, एक एनेस्थेसिया र अन्य छ प्राविधिक स्वास्थ्यकर्मीले २४सै घण्टा सर्पदंशका बिरामीलाई सेवा उपलब्ध गराउँदै आएका छन् । केन्द्रमा १३ श्यया राखिएका छन् ।

यता श्री नयाँ श्रीनाथ गण चारआलीमा नेपाली सेनाको ब्यारेकसहित कनकाई नगरपालिकाको कोटीहोममा सहारा नेपाल सहकारी संस्थाको अगुवाइमा सर्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका बिरामीले सेवा लिँदै आएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : १७ बजे

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको