मेलम्ची आयोजनाको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु « Khabarhub

मेलम्ची आयोजनाको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा काठमाडौंको बालाजुमा २ जना मदजुरको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पाइप सफा गर्ने क्रममा २ जना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह छन् । उनीहरु दुवैजना दाजुभाई हुन् ।

दुवैजना दाजुभाई बिहीबार राति १० बजेतिर बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको गेटभल्व सफा गर्न पाइपभित्र छिरेका थिए ।

पाइपभित्र छिरेको १ घण्टासम्म पनि दुवै जना बाहिर नआएपछि अरु मजदुरले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले स्काभेटरको प्रयोग गरी गेटभल्व रहेको ठाउँमा खनेर दुवैजनालाई बाहिर निकालेको थियो । दुईजनामध्ये १ जनाको बाहिर निकालेर उपचार गर्न लैजाने क्रममा बाटोमा र अर्काको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको डिएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : २१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल