२१ वर्ष पुगेका साउदी युवतीले अब स्वतन्त्र रूपमा विदेश यात्रा गर्न पाउने « Khabarhub

२१ वर्ष पुगेका साउदी युवतीले अब स्वतन्त्र रूपमा विदेश यात्रा गर्न पाउने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरेबियाका महिलाहरूलाई स्वतन्त्र रूपमा विदेश यात्रा गर्न बाटो खुलेको छ ।

शुक्रवार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमती नभएपनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने भएसँगै उनीहरुले स्वतन्त्ररुपमा विदेश यात्रा गर्न सक्ने भएका हुन् ।

राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलाहरूलाई पुरुषसरह अधिकार दिइएको बताइएको छ ।
यस अघि साउदी अरेबियामा महिलाहरूले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने नियम थियो ।

आदेशपछि साउदी अरेबियामा महिलाहरूले जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खुलेको छ । साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरू समेत परिवर्तन गरिएको छ जसअनुसार लिङ्ग, अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकहरूसँग सुरक्षित रहेको बताइएको छ।

युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा रहेका प्रतिबन्धहरूलाई फुकुवा गर्दै गएका छन् । महिलाहरूलाई सवारीसाधन चलाउने विषयमा विद्यमान प्रतिबन्ध समेत उनले खुकुलो बनाएका थिए ।

सन् २०१६ मा आफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै उनले जारी गरेको योजना अनुरूप रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको सङ्ख्या सन् २०३० सम्ममा ३० प्रतिशत पुर्याइने बताइएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : १७ बजे

स्विट्जरल्याण्डद्वारा आठ अर्ब डलर बराबरकाे रूसी सम्पत्ति जफत

एजेन्सी – स्विट्जरल्याण्डले युक्रेनमा रूसले शुरू गरेको युद्धलाई लिएर लगाइएको

कर्णालीमा बजेट खर्च निरासाजनक : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

सुर्खेत – कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा

बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेको सुरुवाती अग्रता

बाजुरा – बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता

भन्सार छलेर भित्र्याइएका मालसमान बरामद

काठमाडौँ- महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र

दोलखाका १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

काठमाडौँ- दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका