६ हजार घुससहित ५ जना ट्राफिक प्रहरी पक्राउ « Khabarhub

६ हजार घुससहित ५ जना ट्राफिक प्रहरी पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बनेपा– जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे मातहत कार्यरत ५ जना घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिएर आउने टिप्परहरुबाट लिएको घुस रकमसहित ५ जना प्रहरी कर्मचारी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई २ हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

यस्तै, प्रहरी चौकी हिगुवापेटीको बिटबाट प्रहरी चौकी पाँचखालको मोटरसाइकल गस्ती गर्ने प्रहरी हवाल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामागादे २ हजार घुससहित पक्राउ परेका छन् ।

यस्तै बनेपास्थित ट्राफिक प्रहरीको पोस्टमा कार्यरत प्रहरी जवान हरिचन्द बानियाँ र प्रहरी हवल्दार रामहरी मानन्धर पनि २ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कूल गरेर ५ जना प्रहरी कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  २ : ०३ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका