विश्वकप छनौटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीचको खेल जीआईओ स्टेडियममा हुने « Khabarhub

विश्वकप छनौटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीचको खेल जीआईओ स्टेडियममा हुने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँगको ‘अवे’ खेल नेपालले अस्ट्रेलियाको क्यानबेरास्थित जीआईओ स्टेडियममा खेल्ने निश्चित भएको छ ।

अष्ट्रेलिया फुटबल फेडेरेसनले शुक्रबार नेपालसँगको घरेलु खेल राजधानी क्यानबेरामा खेलाउने निर्णय गरेको हो ।

छनोटको समूह‘बी’ मा रहेको नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबर १० मा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा ‘होम’ खेल्नेछ ।

अष्ट्रेलियाले नेपालसँगको खेलका लागि अगष्ट १३ बाट टिकट बिक्री सुरु हुने जनाएको छ । नेपाली टोली अहिले छनोटको अभ्यासमा व्यस्त छ । अस्ट्रेलिया नेपालको नयाँ प्रतिद्वन्दी टोली हो ।

अस्ट्रेलियासँगको खेलमा नेपाली टोलीले रक्षात्मक खेल्ने नेपाली टोलीका कप्तान विराज महर्जनले बताएका छन् । उनले अस्ट्रेलियाले विश्वक फुटबल खेलेको भएपनि विश्वकप विजेता टोली नभएकाले हामीले उसलाई बलियो टक्कर दिन सक्ने बताएका छन् ।

नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलियासँगै जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  २ : १५ बजे

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको