महोत्तरीमा दुई युवकको शव बरामद « Khabarhub

महोत्तरीमा दुई युवकको शव बरामद


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी –महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो ।

नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा हतियार प्रयोग गरिएकाले पहिचान खुल्न सकेको छैन ।

त्यस्तै बिहीबार नै जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातु खोलाको किनारमा स्थानीय रामदत साहका छोरा २१ वर्षीय सरोज साहको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

युवक साहको पनि नाक, अनुहारलगायतका भागबाट रगत बगेको र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पुर्‍याइएको छ भने दुवै घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ३ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको