‘हजार जुनीसम्म’ बाट स्वस्तिमालाई‍ झनै आश ! « Khabarhub

‘हजार जुनीसम्म’ बाट स्वस्तिमालाई‍ झनै आश !


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ प्रणय दिवसको अवसर पारेर गत वर्ष  रिलिज भयो । उक्त फिल्ममा उनले गरेको अभिनयको खुबै तारिफ भयो । यही फिल्मबाट स्वस्तिमाले सार्क फिल्म फेस्टिभलमा समेत अवार्ड हात पारिन् । सोही फिल्मले उनलाई नेपालको राष्ट्रिय अवार्ड पनि दिलायो ।

त्यसो त राष्ट्रिय अवार्ड विवादमा नपरेको होइन । यद्यपि ‘बुलबुल’मा स्वस्तिमाले गरेको अभिनयलाई लिएर धेरैले उनी चाहिँ साँच्चिकै अवार्डका लागि दाबेदार भएको समीक्षा समेत गरे ।

अहिले उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ को चर्चा छ । यो फिल्मबाट पनि स्वस्तिमाले धेरै आशा गरेकी छिन् । ट्रेलरमा उनको कामले तारिफ पाएको छ । ‘बुलबुल’ पछि स्वस्तिमाको अभिनय मन पराएका धेरैले उनको फिल्मको प्रतीक्षा नगर्ने कुरै भएन । पहिले फिल्ममा अभिनय नखोज्ने दर्शकले पनि अहिले अभिनयको आशा गर्न थालेका छन् ।

स्वस्तिमाको फिल्ममा दर्शकले आशा गर्नु स्वभाविक पनि हो । यो फिल्ममा उनको कस्तो भूमिका रहनेछ भन्नेले त खासै फरक नपार्ला तर फिल्ममार्फत उनले दर्शकमाझ कस्तो क्रेज बनाउनेछिन्, त्यो भने हेर्न बाँकी छ । बुलबुलबाट चर्चा कमाएकी स्वस्तिमाले यो फिल्मबाट कस्तो छाप छाड्लिन् त दर्शकमाझ ?

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : ४३ बजे

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका