‘ट्वान्टी फर्स्टलभ: सिजन अफ लभ २’ आउने, यस्तो बन्यो ट्रेलर (भिडियो) « Khabarhub

‘ट्वान्टी फर्स्टलभ: सिजन अफ लभ २’ आउने, यस्तो बन्यो ट्रेलर (भिडियो)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ट्वान्टी फर्स्टलभ’ (सिजन अफ लभ टु) को ट्रेलर रिलिज भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरियो । युट्युबमा समेत सिजनको ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रेमकथामा आधारित यो सिरिज आउँदो शनिबारदेखि हरेक हप्ता प्रसारण गरिनेछ ।

यो सिरिज ‘ट्वान्टी फर्स्टलभ’को दोश्रो संस्करण हो । एशियन म्युजिकले निर्माण गरेको यो सिरिजमा किशोर/किशोरीको प्रेमकथा देखाइएको छ ।

यो सिरिजलाई एशियन म्युजिकको अफिसियल युट्युब च्यानल र आइफिलिक्समार्फत हेर्न सकिने जनाइएको छ । सिरिजमा कथा तथा निर्देशन विभोर पोखरेलको हुनेछ ।

सिरिजमा कविता आले, संयोग गुरागाइँ, स्नेहा पौडेल, रिजन थापा, फिरोज बस्नेत, स्मृति श्रेष्ठ, कौशल नेपाल, रेजिना खड्का, राजु गायब, पङकज ठकुरी, आयुश्री घिमिरे, कमल अधिकारी, राज राठोर,ब्राह्मी पोखरेल, इभन गुरुङ र विक्रम तामाङ लगायतको अभिनय रहनेछ ।

सिरिजमा मिलन शंकरको छायांकन, नहकुल खड्काको सम्पादन साथै राजन तिमिल्सिना, चन्द्रसिंह घले र सञ्जिब पुडासैनीको संगीत छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : ०५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको