थुनामा रहेकालाई छुटाइदिने भन्दै ६ लाख मागेपछि... | Khabarhub Khabarhub

थुनामा रहेकालाई छुटाइदिने भन्दै ६ लाख मागेपछि…


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी र वकिललाई बुझाउनुपर्छ भन्दै अरु रु पाँच लाख माग गरेकोसमेत खुल्न आएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा महोत्तरीका प्रवीणकुमार लाभलाई पक्राउ गरी परिसरले अनुसन्धान थालेको छ ।

धनुषा जनकपुर उप–महानगरपालिका वडा नं–२ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते एड्भान्स स्वरुप रु एक लाख लिएको पाईएको बोगटीले जानकारी दिए । वानेश्वरस्थित एक क्याफेमा पैसा लिएर फरार भएपछि उक्त घटना प्रहरीमा आइपुगेको हो ।

काठमाडौँको कलङ्कीबाट उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले हो । ठगी मुद्दामा गत असार ३१ गते पक्राउ परी हाल प्रहरीको हिरासतमा रहेका आकिव जावेद, यमदादुल मोमिन र सगिर शेखलाई छुटाउन प्रहरी र सरकारी वकीललाई पैसा दिनुपर्ने भन्दै उनले रु ६ लाख माग गरेका थिए ।

जावेद भारतीय नागरिक हुन् । उनीहरु अनलाईनमार्फत रु ५० लाख विगो बराबरको ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : ४५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड