न्यायिक समितिमा ७७ उजूरी « Khabarhub

न्यायिक समितिमा ७७ उजूरी


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ७७ उजूरी दर्ता भएका छन् । न्यायिक समितिले ७४ उजूरी फछ्र्यौट गरेको छ ।

न्यायिक समितिका संयोजक एवम वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालका अनुसार निष्पक्ष रुपमा सहजै न्याय पाइने हुँदा पछिल्लो समय न्यायिक समितिमा मुद्दा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । ‘न्यायिक समितिबाट दुवै पक्षबीच छलफल, परामर्श र समझेदारी पछि सहमतिमै उजूरी फछ्र्यौट गरिन्छ”, उनले भने, ‘उजूरीको सुनुवाइ गर्न पहिला एकदमै समस्या हुन्थ्यो, अहिले हाम्रो बहस गर्ने इजलास र कानूनी सल्लाहकार भएपछि उजूरी फछ्र्यौट गर्न सहज भएको छ ।’

न्यायिक समितिमा वीरेन्द्रनगरको वडा नं ४ बाट बढी उजूरी दर्ता भएका छन् भने वडा नं १६ बाट कुनै उजूरी परेको छैन् । सबैभन्दा कम वडा नं १३, १४ र १५ बाट एक/एक उजूरी दर्ता भएको ढकालले जानकारी दिए । घर बहाल, खानाखर्च, साँध सिमाना, लेनदेन, ज्याला मजदूरी, घरेलु हिंसालगायत मुद्दा न्यायिक समितिमा आउने गरेको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए ।

‘नगरपालिकाले उजूरी दर्ता भएको चारदेखि १० दिनसम्म उजूरी फछ्र्यौट गर्छ, त्यही भएर नागरिक अदालतभन्दा न्यायिक समितिमा बढी आउँछन्’, उनले भने, ‘खर्च पनि नहुने, सहजै र छिट्टै उजूरीको विषयमा सुनुवाइ हुने भएपछि न्यायिक समितिमा आएका उजूरीकर्ता सन्तुष्ट हुने गरेको पाइएको छ।’

उजूरीकर्ताले न्यायिक समितिप्रति विश्वास गर्नु र न्यायिक समितिले जिम्मेवारीपूर्ण ढङ्गले काम गरेकाले अन्य स्थानीय तहको तुलनामा वीरेन्द्रनगरको समितिमा बढी उजूरी फछ्र्यौट भएको नगरपालिकाका सूचना अधिकारी सुवेदीले बताए । न्यायिक समितिमा क्षेत्राधिकारभन्दा बाहिरको विषयका उजूरी आउने गरेको उनले बताए । उजूरीलाई सम्बन्धित निकायमा नै सिफारिस गर्ने गरिएको उनको भनाइ छ ।

‘कतिपय यस्ता उजूरी पनि हामीले समाधान गरेका छौँ, अदालतबाट आएका पनि न्यायिक समितिले मिलाएको छ’, संयोजक ढकालले भने, ‘बिना झन्झट, कम खर्चमा न्याय पाएपछि नागरिकको न्यायिक समितिप्रति आर्कषण र विश्वास बढ्दै गएको छ ।’

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ५६ बजे

शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

एजेन्सी– संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

किरात समुदायले मनाए उँधौली साकेला पर्व

काठमाडौं– किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र सुदूरपश्चिमको प्रतिस्पर्धा

 नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा