चाडपर्वले राष्ट्रिय एकता सुदृढ: मुख्यमन्त्री गुरुङ « Khabarhub

चाडपर्वले राष्ट्रिय एकता सुदृढ: मुख्यमन्त्री गुरुङ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

तीजको अवसरमा शुभकामना सन्देश प्रकाशन गरी उनले स्वदेश तथा विदेशमारहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुर्‍याइरहेको मुख्यमन्त्रीले सन्देशमा व्यक्त गरेका छन् ।

उनले हाम्रा सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा यिनीहरुका मौलिक पक्षहरुलाई जीवित राख्न र मितव्ययीता अपनाउन आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले तीज पर्वले सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई प्रगाढ बनाई आर्थिक, सामाजिक एवं सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : १९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने