कमजोर महशुस भयो ? यी खानेकुराले बढाउँछ प्रतिरक्षा शक्ति « Khabarhub

कमजोर महशुस भयो ? यी खानेकुराले बढाउँछ प्रतिरक्षा शक्ति


१६ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रगतमा डब्लुबिसीको मात्रा कम हुँदा कमजोर महशुस हुन्छ । रिंगटा लाग्ने, खान मन नलाग्ने, आलश्यता बढी हुने, जिउ पुरै शिथिल तथा गलित हुन्छ ।

यस्तो अवस्थामा प्रतिरक्षा शक्ति बढाउने खानेकुरा खानुपर्छ । प्रतिरक्षा शक्ति कमजोर हुँदा विभिन्न रोग लाग्ने खतरा बढी हुने चिकित्सकहरु बताउँछन् । रोगसँग लड्ने क्षमता बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त हुनुपर्छ । जसका लागि नियमित यी कुराहरु खानाले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन–

लसुन, अदुवा

खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ ।

बदाम

बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ ।

बेसार

तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ । बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।

अमिला फल

सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।

प्रकाशित मिति : १६ भदौ २०७६, सोमबार  ८ : २८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको