च्याउ खाँदा स्वास्थ्यलाई के फाइदा पुग्छ ? « Khabarhub

च्याउ खाँदा स्वास्थ्यलाई के फाइदा पुग्छ ?


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

च्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यसमा अरू तरकारीको तुलनामा पोषक तत्त्व बढी पाइन्छ । ‘लाइसिन’ नामक ‘अमीनो अम्ल’ अधिक मात्रामा हुन्छ ।

यो अमिनो अम्लले मान्छेको सन्तुलित भोजनको लागि आवश्यक हुन्छ । च्याउमा भएको ‘एन्टी अक्सीडेट’ ले हामीलाई ‘फ्रि रेडिकल्स’ बाट बचाउँछ । यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोवियल र अन्य फंगल संक्रमणबाट जोगाउँछ ।

च्याउ खानु स्वास्थ्यका लागि लाभदायक भए पनि जुन पायो त्यही च्याउ भने खानु हुँदैन । किनकी जंगली च्याउहरुमा विषादी हुने भएका कारण मानिसको स्वास्थ्यमा असर पु‌र्‍याउँछ । च्याउ खाँदा स्वास्थ्यमा पुग्ने फाइदा-

१. यसले ब्लड प्रेसर जस्तो समस्यालाई नियन्त्रण गर्न मदत गर्छ । जो यो समस्याबाट पीडित छन् उनीहरूका लागि च्याउ अति प्रभावकारी हुन्छ ।

२.यसमा कार्बोहाइडे«टको मात्रा पर्याप्त हुने हुनाले यसले कब्जियत, अपच, अति अम्लियता जस्ता पेटसँग सम्बन्धित विकारलाई हटाउन मदत गर्छ । यसका साथै यसले कोलेस्ट्रोललाई कम गर्छ ।

३. यसले शरीरमा इन्सुलिनको निर्माण गर्छ । च्याउले डायबिटिजका रोगीलाई चाहिने सबै कुरा पाइन्छ । यसमा भिटामिन, मिनरल र फाइबर पाइन्छ । त्यसैगरी यसमा चिल्लो, कार्बोहाइड्रेट र सुगर हुँदैन, जुन डायबिटिजका रोगीका हानीकारक हुन्छ ।

४. यसमा लीन प्रोटिन पाइन्छ जसले तौल घटाउनमा मदत गर्छ ।

५. च्याउमा सोडियम साल्ट हुँदैन यसले गर्दा मोटोपन लगायत हृदयघातका बिरामीहरूका लागि महत्वपूर्ण आहार हो ।

६. यसले रगतमा होमोग्लोबिनलाई सन्तुलित बनाइराख्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : ५० बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार