च्याउ खाँदा स्वास्थ्यलाई के फाइदा पुग्छ ? « Khabarhub

च्याउ खाँदा स्वास्थ्यलाई के फाइदा पुग्छ ?


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

च्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यसमा अरू तरकारीको तुलनामा पोषक तत्त्व बढी पाइन्छ । ‘लाइसिन’ नामक ‘अमीनो अम्ल’ अधिक मात्रामा हुन्छ ।

यो अमिनो अम्लले मान्छेको सन्तुलित भोजनको लागि आवश्यक हुन्छ । च्याउमा भएको ‘एन्टी अक्सीडेट’ ले हामीलाई ‘फ्रि रेडिकल्स’ बाट बचाउँछ । यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोवियल र अन्य फंगल संक्रमणबाट जोगाउँछ ।

च्याउ खानु स्वास्थ्यका लागि लाभदायक भए पनि जुन पायो त्यही च्याउ भने खानु हुँदैन । किनकी जंगली च्याउहरुमा विषादी हुने भएका कारण मानिसको स्वास्थ्यमा असर पु‌र्‍याउँछ । च्याउ खाँदा स्वास्थ्यमा पुग्ने फाइदा-

१. यसले ब्लड प्रेसर जस्तो समस्यालाई नियन्त्रण गर्न मदत गर्छ । जो यो समस्याबाट पीडित छन् उनीहरूका लागि च्याउ अति प्रभावकारी हुन्छ ।

२.यसमा कार्बोहाइडे«टको मात्रा पर्याप्त हुने हुनाले यसले कब्जियत, अपच, अति अम्लियता जस्ता पेटसँग सम्बन्धित विकारलाई हटाउन मदत गर्छ । यसका साथै यसले कोलेस्ट्रोललाई कम गर्छ ।

३. यसले शरीरमा इन्सुलिनको निर्माण गर्छ । च्याउले डायबिटिजका रोगीलाई चाहिने सबै कुरा पाइन्छ । यसमा भिटामिन, मिनरल र फाइबर पाइन्छ । त्यसैगरी यसमा चिल्लो, कार्बोहाइड्रेट र सुगर हुँदैन, जुन डायबिटिजका रोगीका हानीकारक हुन्छ ।

४. यसमा लीन प्रोटिन पाइन्छ जसले तौल घटाउनमा मदत गर्छ ।

५. च्याउमा सोडियम साल्ट हुँदैन यसले गर्दा मोटोपन लगायत हृदयघातका बिरामीहरूका लागि महत्वपूर्ण आहार हो ।

६. यसले रगतमा होमोग्लोबिनलाई सन्तुलित बनाइराख्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : ५० बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४