पढ्नका लागि भन्दै घरबाट निस्किएकी किशोरी १० दिन काठमाडौंबाट वेपत्ता, झोला र कागजात सेतीनदी किनारमा फेला | Khabarhub Khabarhub

पढ्नका लागि भन्दै घरबाट निस्किएकी किशोरी १० दिन काठमाडौंबाट वेपत्ता, झोला र कागजात सेतीनदी किनारमा फेला


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताइन् ।

भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो नलागेपछि आफूहरु चिन्तामा डुबेको आमा सरस्वती डोटेलले दुखेसो गरिन् ।

सरस्वतीले भनिन् “यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।”

काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले बताए । दिवसले भने “झोला तथा कागजात नदी किनारमा फेला परेकाले झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तहरुले निरन्तर खोजीकार्यलाई जारी राखेका छौँ ।”

मानसिक अवस्था तन्दुरुस्त रहेकी भाञ्जीले मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगसमेत नगर्ने गरेको दिवसले बताए । रेजिना काठमाडौँस्थित गोल्टेनगेट कलेजमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत छात्रा हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : २० बजे

दोलखाका ९ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख 

दोलखा– जिल्लाका ९ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा

ऊर्जामन्त्री भन्छन्- मैले मन्त्रालय सम्हालेयता जलविद्युत् क्षेत्रमा धेरै काम भए

काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा नीजि क्षेत्रको सहभागिता

दक्षिणी गाजामा हवाई आक्रमण, ५४ जनाको मृत्यु

एजेन्सी– दक्षिणी गाजाको एक अस्पतालमा खान युनिस सहरमा रातभर गरिएको

मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारबारे रामहरिले उठाए प्रश्न, बिचौलिया भएर काम गरेको आरोप

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले प्रदेशदेखि संघीय सरकारमा

रिठ्ठेपानी डाँडा कटानमा आर्थिक अनियमितता ?

पोखरा– चीन सरकारको सहयोगमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका