विश्व सम्पदा सूचीमा सूचीकृत ६ सय वर्ष पुरानो ‘घाँसेपुल’ « Khabarhub

विश्व सम्पदा सूचीमा सूचीकृत ६ सय वर्ष पुरानो ‘घाँसेपुल’


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– घासे पुल भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर पेरुमा घाँसको डोरीबाट बनाइएको ६ सय वर्ष पुरानो घासे पुलु अझै अस्तित्वमा छ । पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमा रहेको सो घाँसे पुललाई त्यहाँका स्थानीयले वर्षेनी मर्मत गर्ने गरेका छन् ।

हरेक वर्ष त्यो पुलमा बनाइएका घाँसे डोरीहरु फेर्छन् उनीहरु । पुरानो घाँसेपुल हटाएर मानिसहरुले हरेक वर्ष नयाँ घासेपुल बनाउँछन् । यो पुललाई इन्का रोप ब्रिज भनिन्छ ।

यो पुल इन्का साम्राज्यका बेला बनेको बताइन्छ । हातले बाटेका घाँसको मोटो डोरी नदीको वारपार बाँधेर पुल बनाइएको छ । पछिल्लो ६ सय वर्षदेखि स्थानीय मानिसहरुको खोला वारपार गर्ने माध्यम यही पुल हो ।

यो ऐतिहासिक पुललाई सन् २०१३ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको हो । हरेक वर्ष पुलको डोरी फेर्ने क्रममा नदीको वारि र पारि दुवैतर्फका बासिन्दाहरु जुट्दछन् र घाँसका मोटा मोटा डोरी बाट्दछन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : २५ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई