‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ यसरी भाइरल होला भन्ने दुर्गेशलाई लागेकै थिएन « Khabarhub

‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ यसरी भाइरल होला भन्ने दुर्गेशलाई लागेकै थिएन


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिदी बैनी मात्र नाच्छन् जैले पनि तीजमा
हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा…

यो गीत बजारमा ल्याएपछि गायक दुर्गेश थापा एकाएक चर्चामा आए । यो गीत हिट भएपछि तीजमा दुर्गेशलाई पनि भ्याइनभ्याइ छ । आजै पनि उनलाई ३ वटा कार्यक्रममा पुग्नुपर्ने छ ।

‘यसपालिको तीजमा मेरो पनि व्यस्तता बढ्यो,’ दुर्गेश भन्छन्, ‘तीजका कार्यक्रमले गर्दा भ्याइनभ्याइ छ, आज पनि चितवनमा ३ वटा कार्यक्रम भ्याउनुपर्ने छ ।’

हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ यसरी भाइरल होला भन्ने दुर्गेशलाई लागेको थिएन । शुरुमा गीत त्यसरी ‘भाइरल’ पनि भएको थिएन । दुर्गेश भन्छन्, ‘यसरी हिट होला भन्ने त लागेकै थिएन तर एक खाले माहोल बनाउनेमा भने ढुक्क थिएँ ।’

‘शुरुमा यो गीत एक लाख हाराहारी दर्शकले युट्युबमा हेर्नुभएको थियो, टिकटकमा भिडियोहरु बन्न थालेपछि भने एकाएक हिट भयो,’ दुर्गेश हाँस्दै सुनाउँछन्, ‘पहिलेका गीतहरुले मलाई सीमित वर्गमाझ चिनाएको थियो, यो गीतले मलाई सबै दर्शकमाझ पु–याइदियो ।’

उनका अनुसार यो गीतले तीजको माहोल नै परिवर्तन गरिदिएको छ । तीज महिलाको पर्व मात्र हो भन्ने सोच पनि हटिसकेको छ ।

‘म त के भन्छु भने पुरुषहरुले पनि तीज मनाउनुपर्छ, दिदीबहिनी मात्र होइन, तीजमा हामी पनि नाच्नुपर्छ,’ दुर्गेश भन्छन्, ‘कुरा पुरुष र महिला समानताको पनि त छ नि, त्यसैले बरु महिलाहरुले जनैपूर्णिमामा जनै लगाउनुस्, हामी पनि तीजका गीतमा नाच्छौँ, हल्का बीचबीचमा त नाच्न पाइयो नि ।’

रोमान्टिक शैलीमा तयार पारिएको गीतलाई दर्शकले उत्तिकै रुचाएका छन् । गीतमा उनले प्रयोग गरेका शब्द पनि आम दर्शकलाई मन परेका छन् । सबै वर्ग समूहले गीत खुबै रुचाएका छन् ।

‘महिला दिदीबैनीले पनि यही गीत बजाएर नाचेको देख्दा चाहिँ अझै रमाइलो लाग्छ,’ उनी सुनाउँछन् ।

गीत यसरी भाइरल भइदियो कि, सावर्जनिक यातायातदेखि कुनै पनि तीजका पार्टीमा नबजेको भन्ने हुँदैन । यही गीतमा जो पनि झुमेको देख्दा दुर्गेशलाई रमाइलो लाग्छ ।

यही गीतका कारण दुर्गेश मात्र भाइरल भएनन् । सामाजिक सञ्जाल फेसबूक र टिकटकका माध्यमबाट अरु पनि चर्चामा रहे । एक युवक यही गीतमा नाचेका कारण भाइरल बने । ती युवक पनि भाइरल भए । गीत पनि हिट बनाइदिए ।

‘सबैले रुचाइदिनुभएको देख्दा आफैलाई अचम्म लाग्छ, आफ्नो मेहनत खेर गएन भन्ने लाग्छ,’ दुर्गेश हाँस्छन् ।

त्यसो त दुर्गेश यसअघि पनि चर्चामा थिए । उनका गीतमा नयाँपन हुन्छ । त्यसैले पनि होला, उनका आफ्नै फ्यान फलोइङ छन् । म्युजिक भिडियोमा मोडलिङ पनि गरिरहेका हुन्छन् । गायक बद्री पंगेनीको गीत ‘पानी सलल’ मा गरेको अभिनयका कारण उनको तारिफ भएको थियो ।

‘मलाई के लाग्छ भने दर्शकले हरेक गीतमा नयाँपन खोजिरहनुभएको हुन्छ, म त्यही अनुसार नै गीत बनाउन खोजिरहेको हुन्छु,’ दुर्गेश भन्छन्, ‘त्यसैले पनि होला, फ्यानले मलाई विश्वास गर्नुभएको छ ।’

‘बीच्चबीच्चमा’ गीतमा पनि उनले यस्तै शैलीको प्रयोग गरेका छन् । तीजको गीत भए पनि प्रस्तुति फरक छ । दर्शकलाई यही स्वाद मन परेको छ ।

यो गीत उनले राम्रै आम्दानी गरेको बताउँछन् । गीत हिट भएका कारण स्टेजका कार्यक्रम र देशविदेशमा त पुगेकै छन् । युट्युबबाट पनि कमाइ भएको छ । उनी भन्छन्, ‘गीतले चर्चा दिनु त एउटा कुरा हो, कमाइको हिसाबले पनि राम्रै छ,’ उनी सुनाउँछन् ।

यो गीतको सफलताबाट प्रसन्न देखिएका दुर्गेश सुनाउँछन्, ‘भदौको अन्तिम साता नयाँ गीत बजारमा आउँदैछ, यो पनि फरक शैलीकै हुनेछ ।’

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १२ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।