पाँच जना जुवाडे पक्राउ | Khabarhub Khabarhub

पाँच जना जुवाडे पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जुवाडे पक्राउ गर्नाका साथै उनीहरूको साथबाट रु ७२ हजार बरामद गरेको छ ।

बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खतिवडासहित कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० घर भई हाल श्रीनगरटोल डेरा गरी बस्ने डबल भुल, सिन्धुली कमलामाई नगरपालिका–४ हाल उपल्लाचौर बस्ने विकास राई, पाँचथर जिल्ला तुम्भिया गाउँपालिका–९ घर भई श्रीनगरटोल बस्ने विष्णु राई र हाल रुद्रेपिपल बस्ने म्याग्दी जिल्लास्थित बेनी नगरपालिका–१का मित्रलाल जैसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बागलुङ सदरमुकाम र यसको आसपासमा निकै लामो समयपछि पक्राउ परेका जुवाडेलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १२ : २० बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको