बक्स अफिसमा कस्तो रह्यो ‘साहो’ को तेस्रो दिन? « Khabarhub

बक्स अफिसमा कस्तो रह्यो ‘साहो’ को तेस्रो दिन?


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ ले समीक्षात्मक हिसाबले खासै राम्रो प्रतिक्रिया पाएन । तर, यो फिल्मले बक्स अफिसमा धमाकेदार व्यापार गरेको छ । फिल्मको ओपनिङ डेमा बम्पर कमाइ गरेको छ ।

२४ करोड ४० लाख रुपैयाँ शानदार ओपनिङ गरेको यो फिल्मले दोस्रो दिन २५ करोड २० लाखको व्यापार गरेको छ । फिल्मले आइतबार पनि दमदार प्रदर्शन गरेको छ । आइतबार फिल्मले २९ करोड ४८ लाख भारु कमाइ गरेको छ ।

तीन दिनमा फिल्मको जम्मा कमाइ ७९ करोडभन्दा बढी पुगेको छ । यो कमाइ हिन्दी भाषामा मात्र कमाइ गरेको हो । फिल्मको दुनियाँभरको कमाइ भने २ सय करोड कमाइ गरेको अनुमान गरिएको छ ।

‘साहो’ यस वर्षको सबैभन्दा ठूलो एक्सन फिल्म रहेको छ । फिल्मलाई धेरैजसो नकारात्मक रिभ्यु आएको छ । कमाइका हिसाबले भने यो फिल्म राम्रो कमाइ गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १२ : ५४ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना