यस्तो छ तीजको महत्व « Khabarhub

यस्तो छ तीजको महत्व


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजको रौनाक गाउँदेखि शहरसम्म फैलिइसकेको छ । यो पर्वमा महिलाहरु आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।

अझ भन्नुपर्दा अविवाहित महिलाहरु राम्रो पति पाउँ भन्दै व्रत बस्ने गर्छन् । आफ्नो मनोकांक्षा पूरा होस् भन्दै उनीहरु दिनभरी पानी समेत पिउँदैनन् ।

यद्यपी समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । विगतका दिनमा भन्दा पछिल्ला केही वर्षयता तीज भड्किलो बन्दै गएको छ । नेपाली जनजीवन सामाजिक, धार्मिक, साँस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरुको इतिहासलाइ बोकेको छ, जुन विभिन्न रुपले यो पर्वमार्फत प्रकछ हुन्छ ।

सामाजिक महत्व

तीज पर्व भदौ शुक्ल तृतीयाका दिन पर्छ । यतिबेला गाउँघरतिर खेतीपाती लगाइसकेका छन् । उनीहरु धुमधामले तीज मनाइरहेका छन् । आपसी प्रेम बढाउने र महिलाहरुको दुखेसो पोख्ने वातावरण समेत सिर्जना गराउँछ तीजले ।

खेतीवारीमा बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाइ भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन पनि रहिआएको छ ।

जसले माइती चेलीको आपसी सम्बन्धलाइ मजबुत बनाउँछ । साथमा छरछिमेक, साथीसङ्गीसँग भेटवार्ता गराई दुख सुखका कुराकानी गर्दै, नाच्दै, गाउँदै रमाइलो गर्ने माहोल मिलाइदिन्छ ।

उनीहरु खुसीयालीका साथ तीजका भाका गुनगुनाउने, एकअर्कामा झुम्ने गरी यो पर्व मनाउँछन् । तीजको महत्व शहरी भेगमा भन्दा ग्रामीण क्षेत्रमा बढि देखिन्छ । तीजको अघिल्लो दिन माइती घर पुग्ने विभिन्न परिकारका खाना खाने र तीजको दिन व्रत बस्ने गर्छन् ।

यद्यपी शहरी क्षेत्रमा भने पछिल्ला समय तीजमा परिवर्तन देखिँदै आएको पाइन्छ । तीजको दरको नाममा डेढ महिनाअघि देखि ठूला ठूला होटल, रेष्टुरा गएर रमाइलो गर्ने चलन भित्रिरहेको छ । यद्यपी यो पुरानो सँस्कृति भने होइन ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १ : ३८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग