यस्तो छ तीजको महत्व « Khabarhub

यस्तो छ तीजको महत्व


१६ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजको रौनाक गाउँदेखि शहरसम्म फैलिइसकेको छ । यो पर्वमा महिलाहरु आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।

अझ भन्नुपर्दा अविवाहित महिलाहरु राम्रो पति पाउँ भन्दै व्रत बस्ने गर्छन् । आफ्नो मनोकांक्षा पूरा होस् भन्दै उनीहरु दिनभरी पानी समेत पिउँदैनन् ।

यद्यपी समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । विगतका दिनमा भन्दा पछिल्ला केही वर्षयता तीज भड्किलो बन्दै गएको छ । नेपाली जनजीवन सामाजिक, धार्मिक, साँस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरुको इतिहासलाइ बोकेको छ, जुन विभिन्न रुपले यो पर्वमार्फत प्रकछ हुन्छ ।

सामाजिक महत्व

तीज पर्व भदौ शुक्ल तृतीयाका दिन पर्छ । यतिबेला गाउँघरतिर खेतीपाती लगाइसकेका छन् । उनीहरु धुमधामले तीज मनाइरहेका छन् । आपसी प्रेम बढाउने र महिलाहरुको दुखेसो पोख्ने वातावरण समेत सिर्जना गराउँछ तीजले ।

खेतीवारीमा बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाइ भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन पनि रहिआएको छ ।

जसले माइती चेलीको आपसी सम्बन्धलाइ मजबुत बनाउँछ । साथमा छरछिमेक, साथीसङ्गीसँग भेटवार्ता गराई दुख सुखका कुराकानी गर्दै, नाच्दै, गाउँदै रमाइलो गर्ने माहोल मिलाइदिन्छ ।

उनीहरु खुसीयालीका साथ तीजका भाका गुनगुनाउने, एकअर्कामा झुम्ने गरी यो पर्व मनाउँछन् । तीजको महत्व शहरी भेगमा भन्दा ग्रामीण क्षेत्रमा बढि देखिन्छ । तीजको अघिल्लो दिन माइती घर पुग्ने विभिन्न परिकारका खाना खाने र तीजको दिन व्रत बस्ने गर्छन् ।

यद्यपी शहरी क्षेत्रमा भने पछिल्ला समय तीजमा परिवर्तन देखिँदै आएको पाइन्छ । तीजको दरको नाममा डेढ महिनाअघि देखि ठूला ठूला होटल, रेष्टुरा गएर रमाइलो गर्ने चलन भित्रिरहेको छ । यद्यपी यो पुरानो सँस्कृति भने होइन ।

प्रकाशित मिति : १६ भदौ २०७६, सोमबार  १ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र