दिउँसो २ बजेसम्म ४ लाख भक्तजनले गरे पशुपतिको दर्शन « Khabarhub

दिउँसो २ बजेसम्म ४ लाख भक्तजनले गरे पशुपतिको दर्शन


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू नेपाली महिलाहरुको महान पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा दिउँसोसम्म करिब ४ लाख भक्तजनले दर्शन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालका अनुसार दिउँसो २ बजेसम्म ४ लाख भक्तजनले पशुपतिको दर्शन गरेका हुन् ।

भक्तजनको सहजताका लागि सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।

बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा ढकालले बताए । मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा ४ ठाउँबाट लाम लाग्ने व्यवस्था गरिएको छ । उत्तरतिर गुह्येश्वरी र दक्षिण एयरपोर्ट तिलगङ्गा क्षेत्रमा मूल मन्दिर प्रवेश गर्ने लाम लामो देखिन्छ ।

पश्चिम जयवागेश्वरीबाट छिर्ने लाम भने सहज रहेकाले भक्तजनलाई त्यताबाट पस्न ढकालले आग्रह गरे । यस वर्षदेखि पूर्वतर्फको मूल ढोका पनि तीजका भक्तजनलाई प्रवेश गर्न वैकल्पिक रुपमा खुला गरिएकाले चाँडो दर्शन गरेर फर्कन सकिएको भक्तजनहरुको भनाइ थियो ।

भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर मूल मन्दिर परिसरमै तीन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निःशुल्क पानी वितरण गर्ने संस्था पनि पशुपति क्षेत्रमा खटिएका छन् ।

यस वर्ष उल्लेख्य रुपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइएको छ । ३० प्रतिशत महिला प्रहरी खटाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी प्रदीप सिंहले बताए । भक्तजनको सुरक्षाका लागि ४ हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको छ ।

मन्दिर दर्शन गरेका भक्तजन हंसमण्डप, वनकाली, गौशाला, मित्रपार्कलगायत स्थानमा भक्ति सङ्गीतसहित गीत एवम् नाचगान गरेर बसेका छन् । अपराह्न ४ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।

यसैगरी पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा पनि बिहानैदेखि महिला भक्तजनको भीड लागेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार नागको मणिलगायत बहुमूल्य वस्तु मूर्तिको गर्भगृहमा रहेकाले यहाँ भक्तजनको लाम लाग्ने गरेको छ ।

उपत्यकाका वसन्तपुरस्थित महादेव मन्दिर, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा महिला भक्तजनको उल्लेख्य भीड छ । दिनभर व्रत बसेका महिलाले बेलुकी पूजा लगाउने वा मङ्गलबार बिहान गौदान र पूर्णपात्र गरी हरितालिका तीज व्रत उद्यापन गर्छन् ।

तीजको व्रत गरेमा पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पानीसमेत नपिएर भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा महादेव स्वामी पाएको चर्चा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ३ : १४ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप