रवि लामिछानेविरुद्ध दायर भएको मानहानीको मुद्दा खारेज « Khabarhub

रवि लामिछानेविरुद्ध दायर भएको मानहानीको मुद्दा खारेज


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध दायर गरिएको मानहानीको मुद्दा खारेज भएको छ ।

निर्मला पन्त प्रकरणबारे न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा समावेश विषयलाई लिएर कञ्चनपुर जिल्ला अदालतमा अदालतको अपहेलना तथा मानहानीको मुद्दा दर्ता भएको थियो ।

निर्मला पन्त प्रकरणमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टका दाई खड्गसिंह विष्टले रवि र अंगुरलाई विपक्षी बनाएर जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेका थिए ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाबारे कार्यक्रम प्रसारण गरेको तथा अनुसन्धानको क्रममा अभियोग प्रमाणित नभएर छुटे पनि आफ्ना भाईलाई अभियुक्त जस्तो गरी प्रस्तुत गरेको भन्दै खड्गसिंहले दुवै जनामाथि कारबाहीको माग गरेका थिए ।

खड्गसिंहले शुरुमा दायर गरेको रिट निवेदन अदालतका श्रेस्तेदार हरिकृष्ण अबस्थीले खारेज गरिदिएका थिए । खड्कसिंहले पुनः सोही प्रकारको उजुरी दिएपछि दर्ता गरेर पेशीमा चढाइएको थियो ।

सो उजुरीमाथिको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलाशले राजिष्ट्रार अबस्थीकै निर्णयलाई सदर गर्दै मुद्दा खारेज गरिदिएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ३ : २९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ