रवि लामिछानेविरुद्ध दायर भएको मानहानीको मुद्दा खारेज « Khabarhub

रवि लामिछानेविरुद्ध दायर भएको मानहानीको मुद्दा खारेज


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध दायर गरिएको मानहानीको मुद्दा खारेज भएको छ ।

निर्मला पन्त प्रकरणबारे न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा समावेश विषयलाई लिएर कञ्चनपुर जिल्ला अदालतमा अदालतको अपहेलना तथा मानहानीको मुद्दा दर्ता भएको थियो ।

निर्मला पन्त प्रकरणमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टका दाई खड्गसिंह विष्टले रवि र अंगुरलाई विपक्षी बनाएर जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेका थिए ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाबारे कार्यक्रम प्रसारण गरेको तथा अनुसन्धानको क्रममा अभियोग प्रमाणित नभएर छुटे पनि आफ्ना भाईलाई अभियुक्त जस्तो गरी प्रस्तुत गरेको भन्दै खड्गसिंहले दुवै जनामाथि कारबाहीको माग गरेका थिए ।

खड्गसिंहले शुरुमा दायर गरेको रिट निवेदन अदालतका श्रेस्तेदार हरिकृष्ण अबस्थीले खारेज गरिदिएका थिए । खड्कसिंहले पुनः सोही प्रकारको उजुरी दिएपछि दर्ता गरेर पेशीमा चढाइएको थियो ।

सो उजुरीमाथिको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलाशले राजिष्ट्रार अबस्थीकै निर्णयलाई सदर गर्दै मुद्दा खारेज गरिदिएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ३ : २९ बजे

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र