उपनिर्वाचनमा भाग लिन नेकपाले पनि दल दर्ता गर्नु पर्ने « Khabarhub

उपनिर्वाचनमा भाग लिन नेकपाले पनि दल दर्ता गर्नु पर्ने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको हो ।

२०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुले भने दल दर्ता गरिरहनु नपर्ने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

आयोगको यो व्यवस्थाअनुसार तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको सत्तारुढ नेकपाले पनि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने हुन्छ । आयोगका प्रवक्ता खरेलले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने म्याद यही भदौ मसान्तसम्म कायम गरिएको बताए ।

निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दलहरुले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्ने पनि जनाएको छ । त्यसैगरी दलको विधान, नियमावली, घोषणा पत्र, निर्वाचन चिह्न पनि दल दर्ताको लागि दिइएको निवेदनमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता खरेलले जानकारी दिए ।

विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : ०२ बजे

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय