उपनिर्वाचनमा भाग लिन नेकपाले पनि दल दर्ता गर्नु पर्ने « Khabarhub

उपनिर्वाचनमा भाग लिन नेकपाले पनि दल दर्ता गर्नु पर्ने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको हो ।

२०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुले भने दल दर्ता गरिरहनु नपर्ने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

आयोगको यो व्यवस्थाअनुसार तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको सत्तारुढ नेकपाले पनि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने हुन्छ । आयोगका प्रवक्ता खरेलले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने म्याद यही भदौ मसान्तसम्म कायम गरिएको बताए ।

निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दलहरुले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्ने पनि जनाएको छ । त्यसैगरी दलको विधान, नियमावली, घोषणा पत्र, निर्वाचन चिह्न पनि दल दर्ताको लागि दिइएको निवेदनमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता खरेलले जानकारी दिए ।

विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : ०२ बजे

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको