गाई हत्या प्रकरणमा मेयर राणामाथि कारवाही गर्न माग « Khabarhub

गाई हत्या प्रकरणमा मेयर राणामाथि कारवाही गर्न माग


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दावी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कारवाही गर्न माग गरेको छ ।

एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि तीन वर्षसम्म कैद सजाय समेतको व्यवस्था कानूनमै उल्लेख गरिएको भन्दै गाई हत्यामा संलग्न मेयर राणालाई कडा कारवाही गर्न माग गरे ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सुर्खेतमा गरिएको गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कारवाही गर्न सरकारलाई सचेत गराए ।

अध्यक्ष श्रेष्ठले उक्त घटनामा संलग्नमाथि तत्काल कारवाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए । त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै उक्त हत्यामा संलग्नमाथि पनि तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपिट गर्न समेत नपाउने एशोसिएशनको तर्क छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : ३३ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना