गाई हत्या प्रकरणमा मेयर राणामाथि कारवाही गर्न माग | Khabarhub Khabarhub

गाई हत्या प्रकरणमा मेयर राणामाथि कारवाही गर्न माग


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दावी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कारवाही गर्न माग गरेको छ ।

एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि तीन वर्षसम्म कैद सजाय समेतको व्यवस्था कानूनमै उल्लेख गरिएको भन्दै गाई हत्यामा संलग्न मेयर राणालाई कडा कारवाही गर्न माग गरे ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सुर्खेतमा गरिएको गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कारवाही गर्न सरकारलाई सचेत गराए ।

अध्यक्ष श्रेष्ठले उक्त घटनामा संलग्नमाथि तत्काल कारवाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए । त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै उक्त हत्यामा संलग्नमाथि पनि तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपिट गर्न समेत नपाउने एशोसिएशनको तर्क छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : ३३ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा