को बन्ला ‘फिफा वर्ष खेलाडी’ ? अन्तिम तीनमा मेस्सी, रोनाल्डो र भान डायक « Khabarhub

को बन्ला ‘फिफा वर्ष खेलाडी’ ? अन्तिम तीनमा मेस्सी, रोनाल्डो र भान डायक


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरेको हो । जसमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्गिल भान डायक परेका छन् ।

यस सिजन लिभरपुलका डिफेन्डर डायकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । यस्तै नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्‍याएकाथिए ।

डायकले गत साता मात्र युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पछि बनाएका थिए ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ उपाधि जितेका थिए । मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । यस्तै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जितेका थिए । मोड्रिचले रोनाल्डो र मोहमद सलाहलाई पछि पारेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ५ : ४२ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको