को बन्ला ‘फिफा वर्ष खेलाडी’ ? अन्तिम तीनमा मेस्सी, रोनाल्डो र भान डायक « Khabarhub

को बन्ला ‘फिफा वर्ष खेलाडी’ ? अन्तिम तीनमा मेस्सी, रोनाल्डो र भान डायक


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरेको हो । जसमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्गिल भान डायक परेका छन् ।

यस सिजन लिभरपुलका डिफेन्डर डायकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । यस्तै नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्‍याएकाथिए ।

डायकले गत साता मात्र युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पछि बनाएका थिए ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ उपाधि जितेका थिए । मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । यस्तै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जितेका थिए । मोड्रिचले रोनाल्डो र मोहमद सलाहलाई पछि पारेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ५ : ४२ बजे

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव