राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन « Khabarhub

राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा सोमबार अपरान्ह पशुपतिनाथको दर्शन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन प्रसाद ग्रहण गरेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।  पूजा एवं दर्शनपछि राष्ट्रपतिलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिएका थिए ।

मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारी, मन्दिरमा दर्शनका लागि उपस्थित भक्तजनलगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी मन्दिरमा पूजा एवं दर्शनका लागि प्रवेश गर्दा केही समय लाममा बसेका भक्तजनलाई रोकिएको थियो । उनी फर्किएपछि भक्तजनलाई पुनः प्रवेश दिइएको हो । मन्दिर परिसरमा अझै लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन् ।

तीजका अवसरमा पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनको भीड छ । लाम नसकिएसम्म पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनका लागि खुला राखिने सदस्य सचिव ढकालले जानकारी दिए । राष्ट्रपतिको पशुपति दर्शनका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ५ : ५१ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप