प्रदेश ३ मा संविधान दिवस भव्यरूपमा मनाइने | Khabarhub Khabarhub

प्रदेश ३ मा संविधान दिवस भव्यरूपमा मनाइने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचौँ संविधान दिवसलाई प्रदेश ३ सरकारले भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुको समेत उपस्थितिमा आज बसेको बैठकले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकले संविधान दिवस मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा संविधान दिवस मूल समारोह समितिसमेत गठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् ।

बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ भने सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमा रचनात्मक क्रियाकलाप व्यवस्थापन उपसमिति गठन गरेको छ ।

त्यस्तै प्रदेशका मुख्य न्यायाधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठी उपसमिति तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको प्रेस संयोजक दाहालले जानकारी दिए ।

दिवसका अवसरमा सरसफाइ, परिसंवाद, खेलकूद लगायतका कार्यक्रम गरिने जनाइएको छ । त्यस्तै दीपावली, बढाइँ कार्यक्रम, विभिन्न धार्मिकस्थलमा दीप प्रज्वलन, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान तथा ऐतिहासिक स्मारक मकवानपुरगढीमा नेपालको विशाल झण्डाको झण्डोत्तोलन गरिने तथा मुख्यदिन बृहत् सभा गरिने निर्णय भएको जनाइएको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस प्रभावकारी बनाउने बताए ।  उनले विभिन्न उपसमितिहरुलाई जिम्मेवारी बाँडफाँड गरेअनुसार काम सम्पन्न गर्न निर्देशनसमेत दिए । संविधान दिवस भनेको इतिहास भएकोले यसलाई भव्यरूपमा मनाउने उनको भनाइ थियो ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाँल, मुख्य न्यायाधिवक्ता थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ३६ बजे

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण गरिँदै

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाड‌ौं -दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प

धरहराबाट एक महिना ५५ लाख राजस्व सङ्कलन

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका