मोबाइल चार्जर किन्दा के कुरामा ध्यान दिने ? « Khabarhub

मोबाइल चार्जर किन्दा के कुरामा ध्यान दिने ?


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोबाइल बोक्नेहरुका लागि चार्जर महत्वपूर्ण पाटो हो । मोबाइलको चार्जर नक्कली हुँदा यसले मोबाइललाई नै बिगार्छ । चार्जरले ब्याट्रीको आयू घटाउँछ ।

चार्जको युएसबी केबल काटियो भने, तानियो भनेपनि यसभित्रको तार चुँडिन सक्छ, जसले गर्दा चार्जर काम नलाग्ने हुन्छ । जब चार्जर बिग्रिन्छ हामी बजारबाट सजिलै चार्जर लिएर त आउँछौं । तर, मोबाइल किन्दा जस्तो राम्रो चार्जर पछि किनेको  हुँदैन । यो सबैले भोगेको र देखेको विषय हो ।

बजारमा पाईने चार्जरमा मोबाइल किन्दा पाउँने चार्जर जस्तो हुँदैन किनकी जुन कम्पनीको मोबाइल हो त्यो कम्पनीले मोबाइललाई उपयुक्त हुने किसिमको बनाएको हुन्छ । तर, बजारमा किनिने चार्जर सबै मोबाइल अनुकुलको नहुन सक्छ । त्यसैले मोबाइल चार्जर किन्दा केही कुरामा विशेष ध्यान दिनैपर्छ । केही टिप्स-

मोबाइलको वाट हेरेर किन्नुपर्छ

केबलमा जति छिटो इनर्जी ट्रान्सफर हुन्छ त्यति नै छिटो चार्ज हुन्छ । यसलाई ‘वाट’ एकाईमा नापिन्छ । मोबाइलको एडप्टर कति वाटको हो त्यो एडप्टरमा लेखिएको हुन्छ । त्यसैले एडप्टर जति वाटको हो त्यही अनुसारको केबल किन्नु जरुरी हुन्छ ।

छोटो केबल ठिक

केबलको लम्बाईमा पनि त्यसको क्षमता लुकेको हुन्छ । लामो केबल प्रयोग गर्दा बाटोमा नै इनर्जी नस्ट हुन सक्छ । त्यसैले चार्जर छान्दा छोटो छान्नु राम्रो हुन्छ ।

कपरको केबल किन्नु राम्रो

बजारमा १०० रुपैयाँदेखिका केबलहरू किन्न पाइन्छन् । किन्नेले पनि सस्तो नै किन्छन् । तर त्यसो गर्नु राम्रो हुँदैन । केबल छान्दा सस्तो भन्दा त्यसमा कपरको प्रयोग भएको छ कि छैन त्यो हेर्नु जरुरी हुन्छ । कपरमा करेन्ट एल्मोनियम वा अन्य धातुमा भन्दा छिटो प्रसारण हुन्छ ।

डाटा ट्रान्सफर स्पिड

हामीले प्रयोग गर्ने चार्जर चार्ज गर्न मात्रै नभएर त्यसबाट डाटा ट्रान्सफर पनि गरिन्छ । त्यसैले केबल किन्नुअघि त्यो क्षमता पनि चेक गर्नु जरुरी हुन्छ । सामान्यतया स्मार्ट फोनमा ४८० एमबिपीएस वा त्यो भन्दा बढी क्षमताको चार्जर प्रयोग गर्नु ठिक हुन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ५० बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग