मोबाइल चार्जर किन्दा के कुरामा ध्यान दिने ? « Khabarhub

मोबाइल चार्जर किन्दा के कुरामा ध्यान दिने ?


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोबाइल बोक्नेहरुका लागि चार्जर महत्वपूर्ण पाटो हो । मोबाइलको चार्जर नक्कली हुँदा यसले मोबाइललाई नै बिगार्छ । चार्जरले ब्याट्रीको आयू घटाउँछ ।

चार्जको युएसबी केबल काटियो भने, तानियो भनेपनि यसभित्रको तार चुँडिन सक्छ, जसले गर्दा चार्जर काम नलाग्ने हुन्छ । जब चार्जर बिग्रिन्छ हामी बजारबाट सजिलै चार्जर लिएर त आउँछौं । तर, मोबाइल किन्दा जस्तो राम्रो चार्जर पछि किनेको  हुँदैन । यो सबैले भोगेको र देखेको विषय हो ।

बजारमा पाईने चार्जरमा मोबाइल किन्दा पाउँने चार्जर जस्तो हुँदैन किनकी जुन कम्पनीको मोबाइल हो त्यो कम्पनीले मोबाइललाई उपयुक्त हुने किसिमको बनाएको हुन्छ । तर, बजारमा किनिने चार्जर सबै मोबाइल अनुकुलको नहुन सक्छ । त्यसैले मोबाइल चार्जर किन्दा केही कुरामा विशेष ध्यान दिनैपर्छ । केही टिप्स-

मोबाइलको वाट हेरेर किन्नुपर्छ

केबलमा जति छिटो इनर्जी ट्रान्सफर हुन्छ त्यति नै छिटो चार्ज हुन्छ । यसलाई ‘वाट’ एकाईमा नापिन्छ । मोबाइलको एडप्टर कति वाटको हो त्यो एडप्टरमा लेखिएको हुन्छ । त्यसैले एडप्टर जति वाटको हो त्यही अनुसारको केबल किन्नु जरुरी हुन्छ ।

छोटो केबल ठिक

केबलको लम्बाईमा पनि त्यसको क्षमता लुकेको हुन्छ । लामो केबल प्रयोग गर्दा बाटोमा नै इनर्जी नस्ट हुन सक्छ । त्यसैले चार्जर छान्दा छोटो छान्नु राम्रो हुन्छ ।

कपरको केबल किन्नु राम्रो

बजारमा १०० रुपैयाँदेखिका केबलहरू किन्न पाइन्छन् । किन्नेले पनि सस्तो नै किन्छन् । तर त्यसो गर्नु राम्रो हुँदैन । केबल छान्दा सस्तो भन्दा त्यसमा कपरको प्रयोग भएको छ कि छैन त्यो हेर्नु जरुरी हुन्छ । कपरमा करेन्ट एल्मोनियम वा अन्य धातुमा भन्दा छिटो प्रसारण हुन्छ ।

डाटा ट्रान्सफर स्पिड

हामीले प्रयोग गर्ने चार्जर चार्ज गर्न मात्रै नभएर त्यसबाट डाटा ट्रान्सफर पनि गरिन्छ । त्यसैले केबल किन्नुअघि त्यो क्षमता पनि चेक गर्नु जरुरी हुन्छ । सामान्यतया स्मार्ट फोनमा ४८० एमबिपीएस वा त्यो भन्दा बढी क्षमताको चार्जर प्रयोग गर्नु ठिक हुन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ५० बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका