प्रधानमन्त्री ओलीलाई भेट्न पौडेल र गौतम सिंगापुर जाने « Khabarhub

प्रधानमन्त्री ओलीलाई भेट्न पौडेल र गौतम सिंगापुर जाने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम सिंगापुर जाने भएका छन् ।

महासचिव पौडेल र प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतम मंगलबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जाने कार्यक्रम रहेको नेकपा स्रोतले जानकारी दियो ।

गत भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : ११ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका