पहिरोले अवरुद्ध स्याफ्रु–रसुवागढी सडक सञ्चालनमा « Khabarhub

पहिरोले अवरुद्ध स्याफ्रु–रसुवागढी सडक सञ्चालनमा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– पहिराका कारण अवरूद्ध स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग सोमबारदेखि खुलेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराका कारण आइतबारदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले खुलाइएको हो ।

राजमार्गका तीन स्थानमा गएका ठूला ठूला पहिरा पन्छाउने कार्य सम्पन्न भई भन्सार जाँचबाट छुटेका र केरूङतर्फ जान रोकिएका सबै ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेका प्रजिअ भण्डारीले जानकारी दिए ।

जिल्लाका सबै भूभागका राजमार्ग सञ्चालन भइरहेका र भारि वर्षा हुँदा वा रातको समयमा अबेरसम्म सवारीसाधन नचलाउन र राजमार्ग भूभागमा बढी भिरपाखा भएका कारण दिनको समयमा पनि हेशियार भएर चलाउन प्रजिअ भण्डारीले आग्रह गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : ३० बजे

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र