टिपरको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट एक जनाको मृत्यु


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरिमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

थानकोटबाट कलङ्की आउँदै गरेको बा२६प ४९०३ नंको मोटरसाइकललाई बा३ख ३८१७ नंको टिपरले ठक्कर दिँदा चितवनका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलको बागेश्वरीमा ठक्कर दिँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलका ४१ वर्षीय टीकाबहादुर बाँनिया गम्भीर घाइते भएका छन् । उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ ।

मोटरसाइकल बाँनियाले चलाएका थिए । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : ३० बजे

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको