यसरी छुटाउन सकिन्छ बालबालिकाको स्मार्ट फोनको लत | Khabarhub Khabarhub

यसरी छुटाउन सकिन्छ बालबालिकाको स्मार्ट फोनको लत


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि बच्चाहरूमा स्मार्ट (मोबाइल)फोन चलाउने लत छ । यसले विभिन्न समस्या देखिने गरेको छ ।

पछिल्लो अध्ययनअनुसार १३ वर्षमुनिका बच्चा डिजिटल टेक्नोलोजीसँग धेरै नजिक छन् । जसले गर्दा उनीहरू आफ्ना क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन राख्न नसक्ने भएका छन् ।

फलस्वरूप उनीहरूमा घाँटी र आँखाको समस्या देखिने गरेको छ । मोबाइलको यस्तो लतले भविष्यमा दीर्घरोगीसमेत बनाउन सक्छ । यस्तो समस्याबाट वेलैमा छुटकारा पाउन केही सावधानी अपनाउन सकिन्छ ।

यसरी हटाउनुहोस् स्मार्टफोनको लत

  • बच्चालाई स्मार्टफोन चलाउन दिनुको सट्टा अन्य खेल खेल्न प्रेरित गर्नुपर्छ ।
  • खाना खाँदा, पढ्दा वा सुत्ने वेलामा ग्याजेटबाट टाढा राख्नुपर्छ ।
  • उनीहरू घरमै बस्दा टिभी, कम्प्युटर र मोबाइलसँग नजिक हुने गर्छन् । यसको सट्टा सुरक्षित स्थानमा साथीहरूसँग खेल्ने वातावरण मिलाउन आवश्यक छ ।
  • बालबालिकाका हरेक क्रियाकलापमा अभिभावकले सधैँ निगरानी राख्नुपर्छ ।
  • भुलाउने नाममा जथाभावी भिडियो हेर्न दिनुहुँदैन । त्यसो गर्दा उनीहरूमा सधैँ त्यही दोहोर्‍याएर हेर्ने बानी बस्न सक्छ ।
  • भिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि ग्याजेटमा व्यस्त रहने गर्नुहुँदैन ।
  • बच्चाहरू ग्याजेटप्रति छिटै आकर्षित हुने भएकाले लुकीछिपी चलाउन खोज्छन् । तसर्थ, अत्यावश्यक नै भए बच्चाको ध्यान एकोहोरो केन्द्रित नहुने गरी चलाउन सकिन्छ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : १९ बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको