यसरी छुटाउन सकिन्छ बालबालिकाको स्मार्ट फोनको लत « Khabarhub

यसरी छुटाउन सकिन्छ बालबालिकाको स्मार्ट फोनको लत


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि बच्चाहरूमा स्मार्ट (मोबाइल)फोन चलाउने लत छ । यसले विभिन्न समस्या देखिने गरेको छ ।

पछिल्लो अध्ययनअनुसार १३ वर्षमुनिका बच्चा डिजिटल टेक्नोलोजीसँग धेरै नजिक छन् । जसले गर्दा उनीहरू आफ्ना क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन राख्न नसक्ने भएका छन् ।

फलस्वरूप उनीहरूमा घाँटी र आँखाको समस्या देखिने गरेको छ । मोबाइलको यस्तो लतले भविष्यमा दीर्घरोगीसमेत बनाउन सक्छ । यस्तो समस्याबाट वेलैमा छुटकारा पाउन केही सावधानी अपनाउन सकिन्छ ।

यसरी हटाउनुहोस् स्मार्टफोनको लत

  • बच्चालाई स्मार्टफोन चलाउन दिनुको सट्टा अन्य खेल खेल्न प्रेरित गर्नुपर्छ ।
  • खाना खाँदा, पढ्दा वा सुत्ने वेलामा ग्याजेटबाट टाढा राख्नुपर्छ ।
  • उनीहरू घरमै बस्दा टिभी, कम्प्युटर र मोबाइलसँग नजिक हुने गर्छन् । यसको सट्टा सुरक्षित स्थानमा साथीहरूसँग खेल्ने वातावरण मिलाउन आवश्यक छ ।
  • बालबालिकाका हरेक क्रियाकलापमा अभिभावकले सधैँ निगरानी राख्नुपर्छ ।
  • भुलाउने नाममा जथाभावी भिडियो हेर्न दिनुहुँदैन । त्यसो गर्दा उनीहरूमा सधैँ त्यही दोहोर्‍याएर हेर्ने बानी बस्न सक्छ ।
  • भिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि ग्याजेटमा व्यस्त रहने गर्नुहुँदैन ।
  • बच्चाहरू ग्याजेटप्रति छिटै आकर्षित हुने भएकाले लुकीछिपी चलाउन खोज्छन् । तसर्थ, अत्यावश्यक नै भए बच्चाको ध्यान एकोहोरो केन्द्रित नहुने गरी चलाउन सकिन्छ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : १९ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा