थाहा पाउनुहोस औषधीय गुण भएका हर्रो र बर्रोका फाइदा « Khabarhub

थाहा पाउनुहोस औषधीय गुण भएका हर्रो र बर्रोका फाइदा


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हर्रो, बर्रो आयुर्वेदिक औषधि त्रिफला बनाउन प्रयोगमा ल्याइने वनस्पति हुन् । यी दुई फरक वनस्पति हुन् ।

हर्रो नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा करिब एक सय ५० देखि ११ सय मिटरको उचाइमा पाइन्छ । त्यस्तै, बर्रो ११ सय मिटर उचाइमा रहेको तराई तथा भित्री मधेसका जंगलमा पाइने गर्छ । वैशाख–जेठमा फुल्ने हर्र्रो–बर्रो पतझर बिरुवामध्येमा पर्छन् ।

हर्रोका फाइदा

  • हर्रो कमलपित्तका रोगीका लागि फाइदाजनक मानिन्छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ ।
  • कागतीको रसमा हर्रो मिसाएर छालामा लगाउँदा दाद निको हुन्छ ।
  • हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा त्यहाँभित्र आउने घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ ।
  • नियमित हर्रो खाएमा पेट सफा हुने, एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ ।
  • हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ ।

बर्रोका फाइदा

  • बर्रो कब्जियतका लागि एकदमै उपयोगी हुन्छ ।
  • दाँत वा गिजासम्बन्धी रोगको औषधि बर्रोको फलबाट बनाइन्छ ।
  • बर्रोको बियाँबाट निकालिएको तेल छालाको रोगका लागि उपयोगी हुन्छ ।
  • बर्रोको फल दम र खोकीका बिरामीका लागि लाभदायी हुन्छ ।
  • बर्रोले मूत्रजलनलगायत मूत्रसम्बन्धी विकार हटाउन मद्दत गर्छ ।
  • चिसो पानीमा बर्रोको चूर्ण भिजाइएको पानीले बिहान उठेर आँखा धोएमा आँखाको ज्योति बढ्छ ।
  • आँखाको रातोपन, आँखा सुन्निएको र आँखा पोल्ने समस्या पनि ठीक हुन्छ ।
  • बर्रोको तेलले कपाललाई फाइदा पुर्‍याउँछ । त्यसैगरी, कानसम्बन्धी समस्याका लागि पनि यो उपयोगी छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : ४५ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय