यो हो स्वर्ग जाने ढोका ! | Khabarhub Khabarhub

यो हो स्वर्ग जाने ढोका !


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा यस्ता पनि देश छन् जहाँ अचम्मका दृश्य देख्न पाइन्छ । चीनमा एउटा चर्चित गुफा छ जहाँ जानको लागि स्वर्ग जाने सिँढी चढ्नुपर्छ।

ग्रेट वाल अफ चाइनाजस्तै यो अर्को एउटा जादुमयी ठाउँ हो । जहाँ पर्यटकहरु ठूलो मात्रामा घुम्न जाने गर्छन् । यो चर्चित पर्यटकीय क्षेत्रमा वर्षभरी नै मान्छे घुम्नका लागि आवत-जावत गरिरहेका हुन्छन् ।

चीनमा भएको तियानमेन माउन्टेनलाई स्वर्गको ढोका पनि भन्ने गरिन्छ । खासमा यो पहाडमा भएको गुफालाई संसारकै उच्च स्थानमा भएको गुफा पनि मानिन्छ । यस गुफालाई स्वर्गको गुफा पनि भन्ने गरिन्छ ।

सुन्दर पहाडका डरलाग्दा घुम्ती छिचोल्दै उकालो चढेपछि यो गुफामा पुगिन्छ । झण्डै ५ हजार फिटको उचाईमा अवस्थित यो गुफा तीव्र हावाका कारण बनेको बताइन्छ ।

यसको लम्बाई १ सय ९६ फिट र उचाई ४ सय ३१ फिट छ । धेरै अग्लो स्थानमा भएका कारण गुफा पूर्ण रुपमा बादलले घेरिएको हुन्छ । यहाँ जान पहाडको बाटोका अलावा केबलकार पनि प्रयोग गर्न सकिन्छ ।

केबलकारबाट उत्रिएपछि यो गुफामा पुग्न ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १० : १७ बजे

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार