सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख | Khabarhub Khabarhub

सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख दिँदै आएका छन् ।

बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाले जमुनाहामा भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक माधव रिजालले भने, “यसअघि धेरै पटक सम्झाइबुझाइ गर्दा अटेरी गरेपछि नियन्त्रणमै लिनुपर्‍यो । होटल व्यवसायीले एजेन्ट राखेर दशैँ मनाउन भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि आज बिहानै ६ बजे १० जनालाई नियन्त्रणमा लिएका छौँ ।”

उनका अनुसार चाडपर्वका बेला नेपालगञ्जका होटल व्यवसायीले एजेन्ट राखेरै सीमामा नेपालीलाई दुःख दिने गरेका छन् । यहाँका होटलले कमिशनमा त्यस्ता एजेन्ट राखेर चाडपर्वका बेला नेपालीलाई दुःख दिने गरेका छन् ।

यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ । एकाबिहानै होटलबाट खटाइएका विचौलिया जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ ।

आफ्नो होटलसम्म पुर्‍याउनका लागि विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्दै आजित बनाउने गरेका छन् । भारतबाट फर्किदै गरेका भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका वीरेन्द्र बिसीले भन्नुभयो, “हामीलाई कहाँ जाने भन्ने छँदैछ, तै पनि होटलवालाले तानेर सताउँछन् ।”

प्रहरी नायब निरीक्षक रिजालले भने, “भारतबाट मजदूरी गर्ने नेपाली फर्किरहनुभएको छ । होटलबाट खटिएका व्यक्तिले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहनुभएको छ ।”

भारतबाट फर्किदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पुर्‍याउन विचौलियाबीच बाझाबाझ नै हुने गरेको छ । “हामीले पटकपटक सम्झाउँदा पनि अटेरी गरेपछि नियन्त्रणमै लिएर कारवाही गर्नुपरेको छ ।”

चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीलाई लुटिने र ठगिने समस्याबाट पीडित भइरहेकै बेला नेपाली भूमिमै यहाँका होटलवालाले थप दुःख दिने गरेको भारतबाट फर्किदै गरेका गुर्भाकोट नगरपालिका–३ सुर्खेतका धनबहादुर पुनले बताए।

यतिबेला दैनिक करीब ५ सय नेपाली भारतबाट दशैँ मनाउन नेपाल फर्किरहेका छन् । भारतबाट आउने नेपाली बिहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् । यही मौका छोपेर होटलका विचौलिया एकाबिहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् ।

यस विषयमा होटल व्यवसायी सङ्घ बाँकेले भने मौनता देखाउँदै यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन ।

यहाँका होलटबाट ग्राहक तान्नकै लागि जमुनाहा पुग्ने विचौलियालाई प्रहरीले यसअघि लखेट्दै आएको थियो । होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगञ्जका होटल व्यवसायीलाई त्यसो नगर्न आग्रह गरिएको बताए ।

उनले यस विषयमा सङ्घ गम्भीर रहेको बताउँदै भने, “यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउनुपर्छ । व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी सङ्घले लिँदैन ।”

जमुनाहाबाट नियन्त्रणमा लिइएका १० जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिएकालाई सचेत गराएर साँझ मात्रै छाडिने बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १२ : २१ बजे

विदेश पढ्न र भ्रमणका लागि नेपालीले खर्चिए १ खर्ब बढी

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा नेपालीले विदेश घुम्न र

हितेन्द्रलाई ढिलो न्याय ! म्याद गुज्रिन ६ दिन बाँकी

काठमाडौं– विधिशास्त्रमा एउटा सर्वमान्य भनाइ छ– ढिलो न्याय दिनु भनेको

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पुग्यो २३ खर्ब १६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले

एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

लण्डन– यौन दुर्व्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई)

धनुषाबाट २५ किलो गाँजा बरामद 

धनुषा– मिथिला नगरपालिका-८ बडहरी पुलबाट प्रहरीले करिब २५ किलोग्राम गाँजा प्रहरीले बरामद