मेघराज केसी यु–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त « Khabarhub

मेघराज केसी यु–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थ्रि–स्टार क्लबका प्रशिक्षक मेघराज केसी यु–१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार केसीलाई यू–१९ टोलीको प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

नेपाली युवा टोलीले इरानमा नाभेम्बर ६ देखि शुरु हुने एएफसी यु–१९ क्वालिफायर्स खेल्नेछ ।

यु–१८ साफ च्याम्पियनसिपमा टोली समूह चरणबाट बाहिरिएपछि प्रशिक्षक चेत नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका थिए ।

एएफसी यु–१९ क्वालिफायर्समा समूह डि मा नेपालसहित इरान, युनाइटेड अरब इमिरेट्स र किर्गिस्तान रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ४ : ५६ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी