नेपालसँगै दक्षिण एशियामा प्याजको भाउ किन बढ्यो ? « Khabarhub

नेपालसँगै दक्षिण एशियामा प्याजको भाउ किन बढ्यो ?


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय बजारमा निर्भर केही दक्षिण एशियाली देशका साथै नेपालमा पनि प्याजको मूल्य आकासिएको छ । भारतले स्वदेशमा उत्पादित प्याज निर्यातमा रोक लगाएसँगै नेपालल, बंगलादेश, श्रीलंकालगायतका देशमा भाउ महंगिएको हो ।

भारतको राजधानी दिल्लीमा गत आइतबार प्याजको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्म पुगे लगत्तै भारतले प्याजको निर्यातमा रोक लगाएको थियो । गत वर्ष नेपालमा यो बेला प्रतिकेजी ३० रुपैयाँ थोकमा पाइएको प्याज बुधबारसम्ममा प्रतिकेजी एक सय २० रुपैयाँसम्म थोकमा कारोबार भएको छ ।

थोकमै यति महंगो मूल्य पुगेको प्याज खुद्रामा एक सय ५० रुपैयाँसम्म पुगेको उपभोक्ताहरुको भनाइ छ । उता, भारतबाट निर्यात बन्द हुँदा छिमेकी मुलुक बंगलादेशमा पनि प्याजको मूल्य दुई गुणाले वृद्धि भएको छ ।

बंगलादेशको राजधानी ढाकामा प्याजको मूल्य एक सय २० टका (१०० भारु) सम्म पुगेको छ । यहाँ पछिल्लो १५ दिनमा दुई गुणाले भाउ बढेको छ । बंगलादेशमा सन् २०१३ को डिसेम्बर यताकै यो महंगो मूल्य हो ।

यस्तै, श्रीलंकाको मुख्य शहरहरुमा पनि प्याजको मूल्य ह्वात्तै बढेको छ । यहाँ प्रतिकिलो प्याजको मूल्य ३ सय श्रीलंकन रुपी (११७ भारु) पुगेको छ । श्रीलंकामा पनि एक हप्तामा ५० प्रतिशतले मूल्य बढेको छ ।

भारतले गत वर्ष २२ लाख टन प्याज निर्यात गरेको थियो । यसमा आधाभन्दा बढी निर्यात एशियाली देशमै हुने गरेको छ । तर पछिल्लो समय प्याज निर्यातमा रोक लगाएसँगै भारतमा निर्भर मुलुकहरुले अन्य देशबाट प्याज आयात गर्न थालेका छन् ।

बंगलादेशले म्यानमार, ईजिप्ट, टर्की र चीनबाट प्याज आयातमा वृद्धि गरेको छ ।

यद्यपि, बजारको माग पूर्ति गर्न गाह्रो भएको अधिकारीहरुले बताएका छन् । ईजिप्टबाट बंगलादेशमा प्याज आयात गर्न एक महिना र चीनबाट २५ दिन लाग्ने गरेको छ । यसको तुलनामा भारतबाट निक्कै छोटो समयमा प्याज आयात हुने गर्छ ।

बंगलादेशमा प्याजको मूल्य महंगिएसँगै बजारको माग धान्न पनि मुस्किल परेको छ । सरकारले सहुलियत दरमा प्याज बिक्रीको व्यवस्था पनि मिलाएको छ । तर त्यो प्रभावकारी बन्न सकेको छैन । यस्तै छोटोभन्दा छोटो समयमा प्याज आयात गर्ने सम्बन्धमा पनि विकल्पहरुमाथि सरकारले विचार गरिरहेको बताइएको छ ।

दक्षिण एशियाली अन्य मुलुकमा पनि प्याजको मूल्य बढेको छ । भारतले मूल्य बढाएपछि त्यसको प्रत्यक्ष असर परेको हो ।

दक्षिण एशियाली अन्य मुलुकहरुमा प्याजको मूल्य महंगिएसँगै सरकारको ध्यान केन्द्रीत भएको छ । तर नेपालमा भने सरकारले यस विषयमा अझै पनि गम्भीर रुपमा चासो नदेखाएको उपभोक्ताहरुको गुनासो छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ७ : ४० बजे

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

काठमाडौं–निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित

काठमाडौं- प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण

दक्षिणी क्रेटबाट थप १३१ जना आप्रवासीको उद्धार

एजेन्सी – ग्रीकका तटरक्षकहरुले शनिबार क्रेटबाट थप १३१ जना आप्रवासीहरूलाई

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा