काठमाडौं– नेपालीहरुको प्रमुख चाड वडादशैं शुरु भइसकेको छ । बालबालिकाहरुका लागि दशैं निकै रमाइलो चाड पनि हो । नयाँ लुगा लगाउने, माछामासु खान पाउने र खेल्न पाउने भएपछि अरु के नै चाहियो र उनीहरुलाई ?
युवाहरुका लागि दशैंमा विभिन्न ठाउँको भ्रमणमा रमाउने पनि अर्को अवसर हुन सक्छ । त्यसो त बालबालिका देखि वृद्ध–वृद्धासम्मलाई नै पिङको रहरले उत्तिकै आकर्षित गर्छ । ।
दशैंमा मुलुकका विभिन्न ठाउँमा लिंगे पिङ, रोटे पिङ राख्ने चलन छ । मेला र पर्वमा आधुनिक पिङ हाल्न थालिएपछि पछिल्लो समय लिंगे पिङ लोप हुने अस्थामा समेत पुगेको छ ।
दशैं शुरु भएसँगै काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा लिंगे पिङहरु बनाइएका छन् ।
प्रतिक्रिया