दशैँ मेलामा बिकेन खसी « Khabarhub

दशैँ मेलामा बिकेन खसी


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– बडादशैँलाई लक्षित गर्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–७ मा लगाइएको वृहत खसी बजार मेलामा सम्पन्न भएको छ ।

अघिल्ला वर्षहरुमा जस्तो यस वर्षको मेलामा भने खसी बिक्री नभएको किसानहरुले बताए । मेलामा ३ सय बढी खसी ल्याइएकोमा १ सय ७० वटा मात्र बिक्री भयो ।

मेलामा ३ सय भन्दा बढी खसी बजारमा ल्याइएको थियो । विगतका वर्षमा जस्तै तुप्चेको हाम्रो सहकारी संस्था लिमिटेडले खसी बजारको आयोजना गरेको थियो ।

मेलामा ल्याइएका सबै खसी बिक्री नभएपछि किसानसँग सहकारीले खरिद गरेको छ । मेलामा १७० खसी बिक्री भएको थियो । बाँकी खसी सबै सहकारीले खरिद गरेको बताइएको छ ।

दशैंमा तिब्बतबाट आउने भेडा–च्याङ्ग्राले नेपाली मुद्रा बाहिर लगेकोमा चिन्ता व्यक्त गर्दै तुप्चेको सहकारी संस्थाले बर्सेनि खसी मेलाको आयोजना गर्दै आएको हो ।

आयोजक हाम्रो सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रिजालले मेलाले कृषक र ग्राहक दुवैलाई फाइदा मिलेको र सरकारीले उनीहरुको बीचमा समन्वयमात्रै गराउन मेलाको आयोजना गरेको बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै