बहुगुणी केराको फूलका ८ फाइदा « Khabarhub

बहुगुणी केराको फूलका ८ फाइदा


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केरा के हो भन्ने विषयमा सवैलाई थाहा भएकै कुरा हो । स्वास्थ्यका लागि उपयोगी फलफूलभित्र पर्छ केरा । त्यसो त केराको फल मात्र होइन पात, डाँठ र फूल समेत स्वास्थयका लागि निकै उपयोगी मानिन्छन् ।

केराको पातको खाना खानको लागि प्रयोग हुन्छ । धार्मिक कार्यमा समेत यो प्रयोगमा आउँछ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ । केराको फूल भने मानव स्वास्थ्यका लागि उपयोगी हुन्छ । यसलाई खाँदा धेरै किसिमका रोगविरुद्ध लड्ने क्षमता राख्ने चिकित्सकहरु बताउँछन् ।

मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले ठूलो मद्दत गर्छ । केराको फूललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग कसरी गर्ने र कुन रोग निको हुन्छ ? यस विषयमा यहाँ प्रस्तुत गरिएको छ–

मधुमेय रोगीको लागि फाइदाः

एक अध्ययन अनुसार डायबिटिज लागेका मानिसको इन्सुलिन तह केराको फूलबाट घटाउन सकिन्छ ।

प्राकृतिक रुपमा डिप्रेसन कम गर्छः

केराको फूलमा धेरै मात्रामा म्याग्नेसियम पाइन्छ । तसर्थ यसले तपाईको मुड बदली चिन्ताको तह न्यून गर्छ ।

फ्रि रेडिकलसँग लड्न एन्टि अक्सिडियन्ट प्रदान गर्छः

फ्रि रेडिकल हाम्रो स्वस्थ कोषमा बसेर कोषलाई हानी गर्छ जसले गर्दा मुटुको समस्या, क्यान्सर तथा चाडै बुढयौली पन देखिन्छ । यी फूलहरुमा एन्टि अक्सिडियन्ट पाइन्छ जुन फ्रि रेडिकलसँग लड्न सहयोग गर्छ ।

पेटको रोग निको गर्छः

केराको फुल खानामा हल्का हुन्छ र पेटमा कम लोड पर्छ । यदि पेट फूलेको छ वा पेट दुखेको छ वा एसिडिटि छ भने यी सबै समस्या केराको फूल खाँदा समाधान गर्छ ।

महिनावारी नियमितः

अनियमित महिनावारी हुने महिलाहरुका लागि केराको फूलको रस खाँदा नियमित हुने गर्छ । आयुर्बेद अनुसार एक कप केराको फूल पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्छ र अत्यधिक मात्रामा हुने ब्लिडिङ कम गर्छ ।

एनिमियाबाट बचाउँछः यसमा धेरै मात्रामा आइरन हुन्छ जसले गर्दा रगतमा हेमोग्लोबिन बढाउने काम गर्छ ।

स्तनपान गराउने आमालाई उपयुक्तः आयुर्बेद अनुसार स्तनपान गराउने आमाले धेरै मात्रामा केराको फूल खाँदा दुध बढाउँछ ।

ब्याक्टेरियाबाट बचाउँछः  यो प्याथोजेनिक व्याक्टेरियाबाट शरिरलाई बचाउँछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १० : १२ बजे

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।