मारुतीको नयाँ कार कात्तिक २१ गते नेपालमा सार्वजनिक हुने | Khabarhub Khabarhub

मारुतीको नयाँ कार कात्तिक २१ गते नेपालमा सार्वजनिक हुने


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मारुती सुजुकीको नयाँ माइक्रो एसयूभी एस–प्रेसो यही कात्तिक २१ गते नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भएको छ । यसअघि तिहार अगाडि नै सार्वजनिक हुने भनिएपनि विषेश कारणबस सार्वजनिक हुन नसकेको सिजी मोटो कर्पले जनाएको छ ।

अझै मिति एकिन नभएपनि आगामी कार्तिक २१ गते एस-प्रेसो नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ ।

मिनि एसयूभीको रुपमा बजारमा ल्याउन लागिएको उक्त कारको कम्पनीले नाडा अटो शो २०१९ बाटै प्रि–बुकिङ लिदै आएको थियो । विभिन्न ४ भेरियन्टमा नेपालमा सार्वजनिक हुन लागेको एस–प्रेसोको एलएक्सआई (स्टायडर्ड) मोडलको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने पावर बिन्डो सहितको एलएक्सआई मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी कम्पनीले ल्याएको भिएक्सआई मोडलको मूल्य २४ लाख ९९ हजार र भिएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ एस–प्रेसो

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

एस–प्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

विशेषता

एस प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ ।

कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।

एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १२ : ४२ बजे

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्छ : राष्ट्रपति 

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ

मोरङको रंगेलीमा देखियो हाइनाको बथान

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको

सडकको कालोपत्र र ढलान सुरु

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान

भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यस