म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा « Khabarhub

म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले म्यानमारसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक योहान कालिनले शनिबार मैत्रीपूर्ण खेलका लागि २३ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत कुवेत विरुद्धको खेल अगाडी नेपालले म्यानमार विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको हो ।

छानिएका २३ जना खेलाडीको सूचीमा तीन जना नयाँ खेलाडीलाई समावेश गरिएको छ । जसमा चार महिना टिममा नरहेका भरत खवाससँगै सुवास गुरुङ र मिक्चन तामाङले मौका दिइएको छ । यसका साथै गोलकिपर एलेन न्यौपानेले पनि टिममा मौका पाएका छन ।

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र रोहित चन्द क्लव फुटबलका कारण म्यानमार विरुद्धको खेल गुमाउनेछन । यसकासाथै मिडफिल्डर विशाल राइले चोटका कारण टिममा छैनन् भने पूर्व कप्तान विराज महर्जनलाइ समावेश गरिएको छैन । नेपालले नोभेम्बर सात तारिखमा मैत्रीपुर्ण खेल खेल्नेछ ।

म्यानमार विरुद्धको स्क्वाड यस्तो छ

गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्योपाने

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनील बल, रवी पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्डः भरत खवास, विमल घर्तिमगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  २ : १९ बजे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न