कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ « Khabarhub

कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कपिलवस्तुको कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

लक्ष्मीपूजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको अवस्था निम्त्याएको आरोपमा प्रहरीले उनलाई कृष्णनगरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी दीप शमशेर जबराले जानकारी दिए । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने एसपी जबराले बताए ।

जमाल शाहलाई पक्राउ गरी कारवाही गर्न कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहले गृहमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए ।

बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जन र्‍यालीलाई प्रहरीले मुस्लिम वाहुल्य वस्तीबाट नलैजान आग्रह गरेको विषयलाई लिएर भएको विवादले उग्ररुप लिंदा कृष्णनगरमा कर्फ्यु लगाइएको थियो ।

कर्फ्युकै क्रममा भएको झडपमा कृष्णनगरमा व्यवसाय गर्दै आएका भारतीय नागरिक २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको थियो । बिहीबार बिहान ११ बजेदेखि कृष्णनगरमा लगाइएको कर्फ्यु भने शनिबार बिहान ६ बजेबाट हटाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ७ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार