भक्तपुरको सिपाडोलमा २७ लाख लागतको डिपबोरिङ « Khabarhub

भक्तपुरको सिपाडोलमा २७ लाख लागतको डिपबोरिङ


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित तौडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको डिपबोरिङको उद्घाटन गरिएको छ ।

स्थानीय दाता एवं व्यवसायीको रु १७ लाख र सरकारको रु १० लाखको लागतमा निर्माण भएको उक्त डिपबोरिङको शनिबार सांसद महेश बस्नेतले उद्घाटन गरेका हुन् ।

सांसद बस्नेतले तीन लाख लिटर क्षमताको पानीट्याङ्की निर्माण गरिने बताए । उनले आदर्श बसस्टपदेखि वडा नं ८ को कार्यालय जाने सडक कालोपत्र यसै वर्ष सम्पन्न गर्ने, सिपाडोल–नङ्खेल सडक दुई महिनाभित्र कालोपत्र गर्ने, चङ्खुखोलाको पुल र चङ्खुखोला किनारबाट सिपाडोल जाने सडक पनि यसै वर्ष निर्माण गरिने बताए ।

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले बजेटको अभाव नहुने बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ८ का वडाध्यक्ष किरण थापा, खानेपानीका अध्यक्ष राजकुमार थापालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ०७ बजे

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को