भक्तपुरको सिपाडोलमा २७ लाख लागतको डिपबोरिङ | Khabarhub Khabarhub

भक्तपुरको सिपाडोलमा २७ लाख लागतको डिपबोरिङ


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित तौडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको डिपबोरिङको उद्घाटन गरिएको छ ।

स्थानीय दाता एवं व्यवसायीको रु १७ लाख र सरकारको रु १० लाखको लागतमा निर्माण भएको उक्त डिपबोरिङको शनिबार सांसद महेश बस्नेतले उद्घाटन गरेका हुन् ।

सांसद बस्नेतले तीन लाख लिटर क्षमताको पानीट्याङ्की निर्माण गरिने बताए । उनले आदर्श बसस्टपदेखि वडा नं ८ को कार्यालय जाने सडक कालोपत्र यसै वर्ष सम्पन्न गर्ने, सिपाडोल–नङ्खेल सडक दुई महिनाभित्र कालोपत्र गर्ने, चङ्खुखोलाको पुल र चङ्खुखोला किनारबाट सिपाडोल जाने सडक पनि यसै वर्ष निर्माण गरिने बताए ।

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले बजेटको अभाव नहुने बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ८ का वडाध्यक्ष किरण थापा, खानेपानीका अध्यक्ष राजकुमार थापालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ०७ बजे

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ