जनगायक जीवन शर्माका छोराको उपचार सहयोगार्थ पोर्चुगलमा देउसीभैलो « Khabarhub

जनगायक जीवन शर्माका छोराको उपचार सहयोगार्थ पोर्चुगलमा देउसीभैलो


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल- ‘सिमली छायाँमा बसी भरिया दाइ लामो सास फेरेको’ जस्ता जनप्रिय गीतका सर्जक जनगायक जीवन शर्माका छोराको सहयोगार्थ लोकदोहोरी प्रतिष्ठान युरोप शाखाले पोर्चुगलमा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।

गायक शर्माका छोरा बिरामी भएपछि उपचारका लागि आर्थिक अभाव भएको कुरा समाचारमा आएपछि उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले देउसीभैलो खेली सङ्कलन भएको रु ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेपाली कला, संस्कृति र चाडपर्वको जगेर्ना र प्रवद्र्धन गर्नुका साथै जीवनभरि गायन क्षेत्रमा बिताएको सर्जक जीवन शर्माको परिवारमा परेको सङ्कटमा सहयोग गर्न पनि परदेशी भूमिमा देउसीभैलो आयोजना गरिएको लोकदोहोरी गायिकासमेत रहनुभएकी कार्यक्रमकी अगुवा बिनु बस्नेतले बताइन् ।

प्रतिष्ठान विश्वभरि छरिएर रहेका नेपाली कला र संस्कृतिलाई माया गर्ने दोहोरी गायन कलाकारहरुको साझा चौतारी भएकाले नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्नु कर्तव्य सम्झिएर हामी हरेक नेपाली चाडपर्वमा आफ्नो कला र गला समर्पित गर्दै आएका छौँ र गर्नेछौँ, प्रतिष्ठानका महासचिव सुभाषचन्द्र पुनमगरले प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ४३ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित