अब कोरियन भाषा परीक्षा कम्प्युटर प्रणालीमार्फत « Khabarhub

अब कोरियन भाषा परीक्षा कम्प्युटर प्रणालीमार्फत


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरियामा काम गर्न जाने नेपाली कामदारले कम्प्युटर प्रणालीबाट भाषा परीक्षा दिनुपर्ने भएको छ । यो व्यवस्था सन् २०२० देखि लागू हुनेछ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परिक्षामार्फत दक्षिण कोरिया जान नेपाली कामदारले हाल लेख्दै आएको कागजमा आधारित परीक्षा (पीबीटी) प्रणालीको विकल्प र व्यववस्थित बनाउन कम्प्युटरमा आधारित परीक्षा (सीबीटि) ल्याउने तयारी भइरहेको वैदेशिक रोजगार इपीएस शाखाले जानकारी दिएको छ । नेपाल सरकारले सन् २००८ देखि सरकारी स्तरमा श्रम सम्झौता गरी कोरियालाई नेपाली कामदार रोजगारीमा आपूर्ति गदै आएको छ ।

कोरियाको मानव संसाधन विकास केन्द्र (एचआरडी)ले आगामी वर्षदेखि (सीबीटी) मार्फत परीक्षा गराउने तयारी थाल्न इपीएस शाखालाई पत्राचारसमेत गरेको छ ।

सीबीटिमार्फत परिक्षा गराउन शाखाले आवश्यक पुर्वाधार निर्माणको काम धमाधाम गरिरहेको वैदेशिक रोजगार इपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए । दक्षिण कोरिया सरकारले विदेशी कामदार आपूर्ति गदै आएका देशमा यो वर्षदेखि कम्प्युटरमा आधारित परीक्षा सिवीटीमार्फत परीक्षा लिन शुरु गरेको प्रमुख खनालले बताए ।

‘परीक्षा सञ्चालनका लागि आवश्यक भवन निर्माणधीन अवस्थामा छ । सन् २०१९ जुन सम्म निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । भवन निर्माण कार्य नेपाल सरकारले गर्नेछ भने भित्री संरचना कोरिया सरकारले गर्ने गरी सहमति भएको छ,’ उनले भने ‘पछिल्लो समय कोरिया सरकारले कामका लागि लैजाने कामदारको भाषासँगै सीपमा पनि जोड दिन थालेको छ । अब कोरिया जानेले सीप पनि सिक्नुपर्ने भएको छ ।’

नवनिर्मित भवनको लागत ११ करोड हुने कार्यालयले जानकारी दिएको छ । उक्त भवन कम्प्युटरमार्फत परिक्षा गराउन सुविधा सम्पन्न हुनेछ । नयाँ भवनमा एक पटकमा ५ सय विद्यार्थीले परीक्षा दिन सक्नेछन।

भाषासँगै सीप र प्रविधि

ईपीएसमार्फत कोरिया रोजगारीका लागि जान चाहने नेपाली कामदारले सन् २०२० देखि कम्प्युटर अर्थात् सीबीटी प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । जसका हाल, भाषामात्र पढिरहेका विद्यार्थीले कम्प्युटरको ज्ञान पनि लिनुपर्ने भएको छ । रोजगारीमा जान अहिले वार्षीक १ लाखभन्दा बढीले युवा युवतीले कोरियन भाषा पढिरहेका छन् । भाषा परीक्षाका लागि आवेदन फारम भर्नेको संख्या पनि ८० हजार बढी छ ।

कोरिया सरकारले रोजगारीका लागि आउने विदेशी कामदारलाई कोरियन भाषासँग प्रविधि र सीपमा पनि जोड दिन थालेको भन्दै शाखा प्रमुख खनालले आफूले काम गर्न चाहेको विषयको सीप पनि सिक्न आग्रह गरेका छन् ।

यो व्यवस्थासँगै कम्प्युटरमार्फत परीक्षा दिन आवेदकहरु अब राजधानी काठमाडौं नै आइपुग्नुपर्ने भएको छ ।

११ वर्षमा ५७ हजार नेपाली कोरिया पुगे

सन् २००८ यता ईपीएस भाषा परीक्षा पास गरेर करिब ५७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेको ईपीएस शाखाले जानकारी दिएको छ । जसमा महिलाको संख्या ५ हजार छ । नेपालबाट भाषा परीक्षा उत्तीर्ण गरेर वार्षीक ७ हजारको हाराहारीमा नेपाली कामदार रोजगारीका लागि कोरिया जाने गरेका छन् । कोरियामा राम्रो कमाइ हुने भएका कारण नेपाली युवाको आकर्षण पनि बढदै गएको छ ।

१८ देखि ३९ वर्षका युवाले कोरिया भाषा परीक्षामा सहभागि हुन पाउने व्यवस्था छ । हाल कोरियामा करिब ४० हजार नेपाली रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । पछिल्लो समय रोजगारीका लागि कोरिया पुगेका युवा श्रम अवधि सकिएपनि स्वदेश नफर्कि उत्तै रोजगारी गरेर बस्ने क्रम पनि बढेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १० : ०८ बजे

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता